गोप्य मतदान सार्वजनिक गरे के हुन्छ कारबाही ?

गोप्य मतदान सार्वजनिक गरे के हुन्छ कारबाही ?

काठमाडौं : अाइतबार राजनीतिक दलका कतिपय नेता/कार्यकर्ताले आफूले कुन चिह्नमा मत हालेको भनेर फेसबुकमा तस्बिर सार्वजनिक गरे।

उदाहरणका लागि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ। उनले मतसंकेत गरेको मतपत्रको फोटो फेसबुकमा हालेका छन्। तामाङ एक उदाहरणमात्र हुन्।

आफ्नो व्यक्तिगत एकाउन्टबाट आफ्नो राजनीतिक आस्था झल्काउन मतसंकेत गरेको फोटो प्रचार गर्नुलाई समान्य पनि भन्न सकिन्छ तर कानुनी हिसाबले हेर्ने हो भने यो दण्डनीय हो।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ९ मा मतसंकेत सार्वजनिक गर्न नहुने व्यवस्था छ। यसो गरेमा मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था उपदफा २ मा व्यवस्था छ।

कानुनले समाजिक सञ्जालमा मतसंकेत सार्वजनिक गरे के हुने भन्ने विषयमा नबोले पनि मतसंकेत गरेको मतपत्र कसैलाई देखाउन वा सार्वजनिक गर्न नहुने स्पष्ट उल्लेख गरेको छ। ऐनमा मतसंकेत सार्वजनिक गरेको मतपत्र मतपेटिकामा नखसालेको भए मतगणना नहुने पनि उल्लेख छ। 

हेर्नुस् कानुनी व्यवस्थाः

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र प्रदेशसभा सदस्य निर्वाचन ऐनमा कसैले मतसंकेत गर्ने क्रममा बढी समय लगाएमा मतदान अधिकृतले निरीक्षण गर्न सक्ने व्यवस्था छ।

दुबै ऐनको दफा ४३मा उल्लेख छ- 'कुनै मतदाता मत सङ्केत गर्ने स्थानमा मनासिब समयभन्दा बढी समयसम्म बसेमा वा मतदान अधिकृतलाई कुनै शङ्का लागेमा निजले मत सङ्केत गर्ने स्थानमा प्रवेश गरी निरीक्षण गर्न सक्नेछ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.