नयाँ शक्ति मकवानपुरका संयोजक र कांग्रेस पूर्वसचिव एमाले प्रवेश

नयाँ शक्ति मकवानपुरका संयोजक र कांग्रेस पूर्वसचिव एमाले प्रवेश

हेटौंडा : पूर्वसभासद् तथा नयाँ शक्ति पार्टी नेपालको मकवानपुर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रल्हाद लामिछाने र कांग्रेस मकवानपुरका पूर्वसचिव विष्णु दाहाल नेकपा एमालेमा प्रवेश गरेका छन्। छुट्टा–छुट्टै कार्यक्रमबीच लामिछाने र दाहाल आइतबार एमाले प्रवेश गरेका हुन्।

लामिछानेसँगै नयाँ शक्ति पार्टी नेपालको मकवानपुर १ (क) प्रदेससभा सदस्यका उम्मेदवार नारायण सापकोटा पनि एमाले प्रवेश गरेका छन्। लामिछाने नेकपा माओवादीबाट २०६४ सालमा मकवानपुर ३ बाट सभासद निर्वाचित भएका थिए।

उनी नयाँ शक्ति पार्टी नेपाल मकवानपुरका संयोजक पनि हुन्। उनीहरुलाई एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले पार्टीमा स्वागत गरिन्। पार्टी प्रवेशपछि बोल्दै लामिछानेले नयाँ शक्तिले समृद्धिको नारा लिएपनि पुरा गर्ने अभियान बिचलित भएकाले एमाले रोजेको बताए।

कांग्रेस मकवानपुरका पूर्व सचिव दाहाललाई एमालेका केन्द्रीय सदस्य विरोध खतिवडा लगायतले स्वागत गरे। प्रवेशपछि बोल्दै दाहालले नेपाली कांग्रेसबाट मुलुक र मकवानपुरको सम्वृद्धि संभव नभएकाले एमाले प्रवेश गरेको बताए। उनीसहित कांग्रेसका जिल्ला स्तरका केही नेताहरु पनि एमाले प्रवेश गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.