एक घरका सात किरियापुत्रीले दिए भोट

एक घरका सात किरियापुत्रीले दिए भोट

कुञ्चोक (सिन्धुपाल्चोक) : इन्द्रावती गाउँपालिका-३, कुन्चोकस्थित खुदुमे डाँडा मतदान केन्द्रमा सात किरियापुत्रीले मतदान गरेका छन्। आठ दिनदेखि बुवाको किरिया बसेका बुढीचौरका सात दाजुभाइ र उनीहरूका पत्नीले आइतबार वडा कार्यालयमा रहेको मतदान केन्द्रमा डेढ घन्टा हिँडेर मतदान गरेका हुन्।

बुवा अम्बबहादुर बानियाँको किरिया बसेकै अवस्थामा छोराहरू दीपबहादुर, पदमबहादुर, बालचन्द्र, रामबहादुर, भीमबहादुर, सन्तोष र बाबुरामका साथै ६ बुहारीले मतदान गरे।

किरियापुत्री र उनीहरूका पत्नीले अरूलाई छुन नहुने मान्यताका कारण मतदानस्थलमा उपस्थित उनीहरूका तर्फबाट इच्छाइएका दीपबहादुरका छोरीहरू मनीषा र नम्रता बानियाँले मतदान गरेका थिए। लोकतन्त्र संस्थागत गर्न निर्वाचन अपरिहार्य भएकाले आफूहरू असहज परिस्थितिमा पनि मतदान गर्न आएको बाबुरामले बताए।

‘नयाँ संविधान कार्यान्वयनको चरण भएकाले पनि यो अवसर छुटाउनु हुँदैन भन्ने सोचेर डेढ घन्टा हिँडेर भए पनि भोट हाल्न आयौं’, उनले भने, ‘अझ प्रदेशसभामा पहिलो पटक जनप्रतिनिधि छान्ने अवसर नगुमाऊँ भन्ने लाग्यो।’

उनीहरू १३ जनाले नै मत दिनुअघि मनीषा र नम्रतालाई कहाँ मत हाल्ने भनेर जानकारी गराएका थिए। मतदानस्थलमा आए पनि औंठाछाप लगाउन र अन्य व्यक्तिलाई छुन नहुने भएपछि उनीहरूले मतदान अधिकृतसमक्ष छोरीहरूलाई मतदान गर्ने अधिकार प्रत्यायोजन गरेका थिए।

बुवा र आमाहरूको इच्छाअनुसार उनीहरूले चाहेको उम्मेदवार र पार्टीलाई मतदान गरेको मनीषाले बताइन्।

मतदान अधिकृतले आफैं अगाडि गएर मत हाल्न लगाउनु भने पनि सामाजिक मर्यादालाई देखाउँदै दुई छोरीले सामूहिक रूपमा हालेको मत नै आफ्नो इच्छाअनुसार हुने उनीहरूको भनाइ थियो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.