गलकोटमा चित्रबहादुर केसीको भोट

गलकोटमा चित्रबहादुर केसीको भोट

बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गृहजिल्लाको गलकोटमा मतदान गरेका छन्।

गलकोट नगरपालिका–९, मल्मको लक्ष्मीनारायण आधारभूत विद्यालय केन्द्र पुगी केसीले बिहान ७ बजे मतदान गरेका हुन्। केसीले मतदान गरेपछि अरू मतदाताले उत्साहजनक रूपमा मतदान गरेको सहायक मतदान अधिकृत ससबहादुर पुनले बताए।

सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले बागलुङ नगरपालिकाकै बालमन्दिर आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेकी छन्।

यो जिल्लामा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा चुनावी एकता गरेर मैदानमा उत्रिएका छन्। कांग्रेस राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा चुनावी मैदानमा छ।




प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.