पश्चिम रुकुममा एसिड छर्केपछि दुई स्थानमा मतदान स्थगित

पश्चिम  रुकुममा एसिड छर्केपछि दुई स्थानमा  मतदान स्थगित

मुसिकोट : पहिलो चरणको निर्वाचनअन्तर्गत रूकुम पूर्वका ३१ र पश्चिमका ७३ गरी एक सय चार मतदानस्थलमा आइतबार मतदान सम्पन्न भएको छ। पश्चिम रूकुमका दुई स्थानमा भने मतपेटिकामा एसिड राखेका कारण मतपत्र जलेपछि मतदान नै स्थगित भयो।

यसबाहेक अन्य स्थानमा मतदान शान्तिपूर्ण भएको दुवै जिल्लाका मुख्य निर्वाचन अधिकृतले जनाएका छन्।

रूकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ५ स्थित रत्न आधारभूत विद्यालय काँडामा रहेको ‘क’ मतदान केन्द्रमा दिउँसो १ बजेतिर प्रतिनिधिसभातर्फको मतपेटिकामा एसिड राखिएको थियो। त्यस बेलासम्म खसेका दुई सय ५० मतपत्र नष्ट भएका कारण प्रत्यक्षतर्फको मतदान स्थगित भएको हो।

यस घटनामा संलग्न रहेको आशंकामा स्थानीय ३५ वर्षीया कल्पना केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै आठबिसकोट नगरपालिका–११ को राष्ट्रिय मावि गतासैनामा रहेको ‘ख’ मतदान केन्द्रको समानुपातिकतर्फको मतपेटिकामा पनि दिउँसो १.३० बजेतिर एसिड राखिएको थियो। त्यस बेलासम्म खसेको तीन सय तीन मतपत्र नष्ट भएपछि समानुपातिकतर्फको मतदान स्थगन गरी बाँकी मतदान सुचारु भएको प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले जानकारी दिए।

यस घटनामा संलग्न भएको आरोपमा कांग्रेस प्रतिनिधि केशव खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खड्कालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको थियो।

पुनः मतदानका विषयमा निर्वाचन आयोगले निर्णय गर्ने रुकुम पश्चिमका सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताए। पूर्वी रूकुमका सबै मतदानस्थल र केन्द्रमा भने मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको रूकुम पूर्वका मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.