संविधानसभामा शून्य मतदान भएको थबाङमा ३० प्रतिशत मत खस्यो

संविधानसभामा शून्य मतदान भएको थबाङमा ३० प्रतिशत मत खस्यो

लिबाङ : दोस्रो संविधानसभा निर्वाचनमा शून्य मतदान भएको थबाङमा यसपटक करिब ३० प्रतिशत मत खसेको छ। थबाङ गाउँपालिकाको वडा १ र २ मा पर्ने साविकको थबाङ गाविसमा ८ सय २२ मत खसेको हो, जुन २९.६५ प्रतिशत हुन आउँछ।

स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले जितेको वडा १ मा यसपटक २ सय ७६ मत खसेको छ। त्यहाँ एक हजार दुई सय ६७ मतदाता थिए। स्थानीय तहमा माओवादी केन्द्रले जित हासिल गरेको वडा नम्बर २ मा पाँच सय ४६ मत खसेको छ। त्यहाँ एक हजार पाँच सय पाँच मतदाता थिए।

नेकपाले रातिदेखि नै बिहानसम्म विस्फोट गराएर मतदातालाई अवरोध गर्न खोजे पनि सुरक्षा गस्तीसहित मतदाता मतदान केन्द्रमा आएका थिए।

मतदाता फर्किंदै गर्दा दिउँसो पनि विस्फोट भएको जनाइएको छ। नेकपाले चुनाव खारेज गर्ने र माओवादी केन्द्रले चुनावमा मतदान गर्ने रणनीति अख्तियार गरेका थिए। जसले गर्दा थबाङी मतदाता चर्को दबाबमा थिए।

सुरक्षा दृष्टिकोणले उच्च संवेदनशील मानिएको रोल्पामा चुनाव अवधिभर दर्जनौं विस्फोटका घटना भएका थिए। निर्वाचनको अघिल्लो रातिदेखि नै ठाउँठाउँमा विस्फोट गरिएको थियो। थबाङ, उवा, इरिबाङ, पेदीखोला, पाखापानी, जिनाबाङ, गैरीगाउँ, बुढागाउँ, ब्याङखोला लगायतका स्थानमा विस्फोट भएको सुरक्षा अधिकारीले जनाएका छन्। मतदाता तर्साउन विस्फोट गरिएका दुई स्थानका बमलाई नेपाली सेनाले डिस्पोज गरेको खड्ग दल गणका गणपति अजय गुरुङले बताए।

मतदातालाई रोक्नका लागि थबाङ, पाखापानी, जिनाबाङ, घर्तीगाउँको ब्याङखोलामा पटकपटक अज्ञात समूहले बम विष्फोट गराएका थिए।नेकपाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’को जन्मथलो इरिबाङमा मतदातालाई अवरोध गरिएको थियो।

मतदाता रोकेको सूचना पाएर त्यहाँ पुगेको सशस्त्र प्रहरीलाई सुतली बम प्रहार गरेका थिए। सशस्त्र प्रहरीले केही राउन्ड जवाफी फायरिङ गरेको थियो। हवाई गस्ती, नेपाली सेना र सशस्त्र प्रहरीले उच्च सुरक्षा गस्ती गरेका थिए। विष्फोटका घटना भए पनि कुनै मानवीय क्षति भएन।

माओवादी नेता वर्षमान पुन अनन्त, कांग्रेसका अमरसिंह पुन, निवर्तमान सभामुख ओनसरी घर्तीले आ–आफ्नो मतदान स्थलमा मत हालेर मतदान सुरु गरेका थिए।

रोल्पा नगरपालिका र सुवर्णावती गाउँपालिकाका मत पेटिका रातिसम्म सदरमुकाम ल्याइएको छ। दुर्गम गाउँपालिका मत पेटिका सोमबार बिहान मात्र ढुवानी गरिने प्रजिअ डा. डिजन भट्टराईले बताए। जिल्ला निर्वाचन कार्यालयका अनुसार ५५.०९ प्रतिशत मतदान भएको छ। निर्वाचन अधिकारी लिलु गिरीका अनुसार ७० हजार ३ सय २१ मत खसेको हो।वर्षमान पुन र ओनसरी घर्तीले गरे मतदान


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.