मेसीले गरेको गोल रेफ्रीले नदेख्दा, बार्सिलोना बराबरीमा रोकियो

मेसीले गरेको गोल रेफ्रीले नदेख्दा, बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं : स्पेनिस ला लिगाको आइतबार रातिको खेलमा शीर्ष स्थानमा रहेको बार्सिलोना दोस्रो स्थानमा रहेको भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ।

आबे मैदानमा भएको खेलमा लगातार जित निकालिरहेको बार्सिलोना भ्यालेन्सियासँग १-१ को बराबरीमा रोकियो। यसबाट बार्सिलोनाले दोस्रो स्थानमा रहेको भ्यालेन्सियालाई पराजित गरी अंक दूरी बढाउने अवसर गुमायो । खेलको ३० औ मिनेटमा बार्सिलोनाका फर्वाड मेसीले गरेको गोललार्इ रेफ्रीले मान्यता नदिएपछि बार्सिलोनाले बराबरीमा चित्त बुझायो । मेसीले प्रहार गरेको बलले गोललाइन पार गरिसकेपछि भ्यालेन्सियाका गोलकिपरले समातेको भएपनि त्यसलाई रेफ्रीले गोल मान्न अस्वीकार गरेका थिए। 

goal_messi

६० औ मिनेटमा रोड्रिगोको गोलबाट खेलमा अग्रता लिएको भ्यालेन्सियाले अग्रता कायम राख्न भने सकेन । बार्सिलोनाका लागि ८२ औ मिनेटमा अल्बाले गोल गरेपछि खेल १-१ को बराबरीमा टुंगियो।

यस बराबरीसँगै १३ खेलबाट शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३५ अंक पुगेको छ । १३ खेलमा अपराजित रहेको बार्सिलोनाले ११ जित र २ बराबरी खेलेको छ । समान खेलबाट ३१ अंकसहित भ्यालेन्सिया दोस्रो स्थानमा रहेको छ । १३ खेल नै खेलेका यथ्लेटिको मड्रिड र रियल मड्रिड समान २७ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।

१३ खेलमा २ मात्र जित निकाल्न सकेको अलाभेज ६ अंकसहित तालिकाको पुच्छारमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.