कांग्रेस मतदाता तर्साउँदै छ : जनार्दन शर्मा
तुलसीपुर : पूर्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले वामगठबन्धन देखेर कांग्रेस लगायतका दलहरुमा राजनीतिक चेत हराउँन थालेको बताएका छन । कांग्रेस नेताहरुले गठबन्धको बदनाम गर्दै वामहरुले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएर जनतामा भ्रम सिर्जना गर्नु राजनीतिक चेत नभएकाले गर्ने काम भएको बताए । उनले वामपन्थीहरुको जनमत स्थापति गर्ने र स्थायी सरकार सञ्चालनका लागि मात्रै गठबन्धन भएको भन्दै अधिनायकवादको भ्रम नफैलाउन आग्रह गरे ।
दाङको तुलसीपुरमा सोमबार प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले यो निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ मत ल्याउने र स्थायी सरकार बनाउँने दावी गरे । गठबन्धनको एकतालाई सहन नसकेर कांग्रेसले मतदातालाई तर्साउँन सुरु गरेको आरोप लगाए । आफनो क्षेत्रमा कांग्रेस एजेन्टले मतपेटिका जलाउनु र प्रहरी प्रशासनले गोली चलाउनु मतदाता तर्साउने रणनीति भएको आरोप लगाए ।
पहिलो चरणको निर्वाचन शान्तिपूर्ण भएको भए पनि जनतामा स्थानीय तहको जस्तो नभएको शर्माले बताए । उनले चीन र दाङलाई जोडने राजमार्ग निर्माणको काम सुरु भएको भन्दै विकासले गति लिने बताए ।
प्रभाकरले प्रदेश नं ५को राजधानी दाङ नै हुने ठकुवा गरेका छन् । उनले आर्थिक, सामाजिक, भौगोलिक, राजनीति र पूर्वाधारका हिसाबले प्रदेशको राजधानी दाङ नै उपयुक्त हुने बताए।