मटपेटिका सदरमुकाम ल्याउँदा बम बिष्फोट

मटपेटिका सदरमुकाम ल्याउँदा बम बिष्फोट

भोजपुर: उत्तरी साल्पासिलिछोको मतपेटिका सदरमुकाम ल्याउँदै गर्दा षडानन्द नगरपालिकाको न्याउले जंगलमा सुतली बम विष्फोट गराइएको छ।

बिष्फोटबाट मतपेटिका सुरक्षित रहेको र कुनै मानवीय क्षति पनि नभएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी दिपेन्द्र पञ्जियार थारुले जनाए।
एक सय ४८ मतदान केन्द्र रहेको भोजपुरमा हालसम्म एक सय भन्दा बढि मतदान केन्द्रबाट मेटपेटिका सदरमुकाम ल्याइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाको उत्तरी साल्पासिलिछो गाउँपालिकाका केन्द्रहरु र दक्षिणी आमचोक गाउँपालिकाका केन्द्रहरुको मतपेटिका बेलुकीसम्म ल्याईसकिने प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए। त्यस्तै हतुवागढी गाउँपालिकाको मतपेटिका पनि सोमबार साँझसम्म आइपुग्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.