'हेलिकप्टरमा मतपेटिका लगियो, हामीलार्इ अलपत्र पारियो'

'हेलिकप्टरमा मतपेटिका लगियो, हामीलार्इ अलपत्र पारियो'

सिमकोट: मतपेटिका ओसार्ने हेलिकप्टरबाट सदरमुकाम सिमकोट जान नपाएको भन्दै जिल्लाको अदानचुली र ताँजकोट गाउँपालिकाका मतदान केन्द्रका मतदान अधिकृत आन्दोलनमा उत्रिएका छन्।

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका क्रममा जिल्ला सदरमुकाम सिमकोटदेखि दक्षिणपूर्वमा ४४ देखि ५२ कोष टाढाका अदानचुली र ताँजकोट गाउँपालिकाका ११ वटा मतदान केन्द्रका मतदान अधिकृतमध्ये हेलिकप्टरमा जान नपाएका अधिकृत आन्दोलित भएका हुन्।

११ जना मतदान अधिकृतमध्ये केहीलाई हेलिकप्टरमा लगेर आफूहरुलाई अलपत्र छोडेको अदानुचली गाउँपालिका १ स्थित जनकल्याण आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत कुमानसिंह धामीले गुनासो गरे। एकै काममा खटिएका अधिकृतमध्ये कसैलाई हेलिकप्टरमा लैजाने र कसैलाई अलपत्र पार्ने कुराले आफूलाई अन्याय भएको अदानचुली गाउँपालिका ३ स्थित छत्रपाल आधारभुत मतदान केन्द्रका मदतान अधिकृत विष्णुबहादुर शाहीले बताए।

मूख्य निर्वाचन अधिकृतको कार्यालय र नेपाली सेनाको सहमतिमा मतपेटिका आसार्ने काम भएपनि मतदान अधिकृत आए नआएको बारेमा आफूलाई जानकारी नभएको जिल्ला निर्वाचन अधिकृत मेदीनी प्रसाद पौडेलले बताए।

नेपाली सेनाको हेलिकप्टरबाट नाम्खा गाउँपालिकाका ७, ताँजाकोट गाउँपालिकाका ५, अदानचुली गाउँपालिकाका ६, सर्केघार्ड गाउँपालिकाका ११, चंखेली गाउँपालिकाका ७ मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला सदरमुकाम सिमकोट ओसारेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.