उम्मेदवारद्वारा आचारसंहिता विपरित चुनाव प्रचार
परासी: नवलपरासीका राजनीतिक दलका उम्मेदवारहरुले आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारलाई व्यापक बनाएका छन्।
उनीहरुले निर्वाचन आयोगले निर्धारण गरेको भन्दा ठूला साईजका झण्डा, पम्प्लेट छापेर चुनाव प्रचार प्रसार गरिरहेका छन्। आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै दलहरुसंग स्पष्टिकरण सोधेको छ।
आचारसंहिता उल्लंघन गर्नेमा ठूलादेखि साना राजनीतिक दलका उम्मेदवारहरु रहेको केन्द्रीय निर्वाचन अनुगमन टोली प्रमुख जानकीबल्लव अधिकारीले बताए। सार्वजनिक घर र बिजुलीका पोलहरुमा उम्मेदवारसहितको फोटो राखेर पम्प्लेट टाँसेको पाइएको अधिकारीले बताए।