मोरङका दुई ठाउँमा बम, सेनाद्वारा निष्क्रिय

मोरङका दुई ठाउँमा बम, सेनाद्वारा निष्क्रिय

विराटनगरः पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको भोलीपल्ट सोमबार मोरङका दुई स्थानमा बम फेला परेका छन्।

विराटनगर महानगरपालिका र केरावारी गाउँपालिकामा बम फेला पारिएको हो । विराटनगर ४ स्थित हाम्रो अस्पताल प्रालि नजिकै फेला पारिएको सुतली बम सेनाको बम डिस्पोजल टोलीले दिउँसो १ः४५ बजे डिस्पोज गरेको छ। बम फेला स्थान विराटनगर विमानस्थल प्रवेश गर्ने मुख्यद्वारबाट करिव सय मिटर दक्षिणमा पर्छ । बम डिस्पोज गर्ने क्रममा कोसी राजमार्गमा केहीबेर सवारी आवागमन बन्द गरिएको थियो।

बम राखिएको हल्ला चलेपछि त्यो स्थानलाई साढे ११ बजेदेखि सेना, नेपाल र सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएका थिए । रातो कपडा भित्र कालो टेपले बाँधेर राखिएको अवस्थामा बम भेटिएको थियो । बम राखिएको स्थानबाट सय मिटर वरपरसम्म मानिस आवतजावतमा रोक लगाउँदै सेनाले डिस्पोज गरेको हो। बम डिस्पोजको पहिलो प्रयास असफल भएको थियो। एक सैनिक अधिकारीका अनुसार शक्तिशाली रहेका कारण बम डिस्पोज गर्न निक्कै मेहनत गर्नुपर्‍यो।

त्यस्तै केरावारी ९ देवीझोडास्थित जंगलमा लुकाएर राखेको अवस्थामा सात वटा सकेट बम फेला परेको छ। बम शक्तिशाली रहे पनि बेलैमा थाहा पाएका कारण विष्फोट भएर कुनै क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालका अनुसार टिनको बाकस भित्र लुकाएर राखेको अवस्थामा जंगलमा बम फेला पारिएको हो । यस विषयमा सूचना प्राप्त भए लगत्तै प्रहरी पुगेर हेर्दा बम रहेको पुष्टि भएपछि सेनाको टोली पुगेर डिस्पोज गरेको जानकारी उनले दिए।

प्रहरीले बम राख्ने समूहको पहिचान हुन नसकेको र घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ । निर्वाचन विरोधी गतिविधि गर्नेले पड्काएर क्षति पुर्‍याउने भन्दा पनि जनजीवन आतंकित पार्ने हिसावमा बम राखिएको हुन सक्ने प्रहरीको अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.