कट्टरपन्थीको विरोधपछि कानून मन्त्रीद्वारा राजिनामा
इस्लामाबादः पाकिस्तानको कानून मन्त्री जहिद हमिदले आइतबार राजिनामा दिएका छन्। इस्लामिक कट्टरपन्थी प्रदर्शनकारीहरुले लगातार रुपमा गरेको हिंसात्मक प्रर्दशनको कारण उनले राजिनामा दिएका हुन्।
पाकिस्तानको राजधानी इस्लामाबादमा इस्लामिस्ट प्रदर्शनकारी र सुरक्षाबलबीच गत एक हप्ता भन्दा बढी हिंसात्मक प्रर्दशन जारी रहेको थियो। देशलाई द्वन्द्वबाट बाहिर निकाल्नको लागि हमिदले आफ्नो राजिनामा पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीसमक्ष दिनु भएको राज्यद्वारा सञ्चालित समाचार समिति ‘एसोसिएटेट प्रेस अफ पाकिस्तान –एपीपी)' ले जानकारी दिएको छ । तर राजिनामाको विषयमा विस्तृत विवरण भने दिइएको छैन्।
इशको निन्दा गरेको आरोप लगाउँदै इस्लामिक कट्टरपन्धी संगठनले एक हप्ता भन्दा बढी समययता हमिदको राजिनामाको माग गर्दै प्रदर्शन गर्दै आएका थिए। हमिदले आइतबार अबेर राति राजिनामा दिनु भएको थियो।
हमिदको राजिनामापछि ११ दिनसम्म जारी रहेको हिंसात्मक प्रदर्शन बन्द भएको बताइएको छ। राज्यद्वारा सञ्चालित टेलिभिजन च्यानल पिटिभीले पनि मन्त्रीको राजिनामाको समाचार प्रशारण गरेको छ। यस राजिनामाको विषयलाई लिएर सरकार अधिकारीहरुको भने कुनै टिप्पणी हालसम्म आएको छैन्।