सुरक्षामा चुनौतीका चाङ

सुरक्षामा चुनौतीका चाङ

काठमाडौं : पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा चुनाव छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि दोस्रो चरण चुनाव बढी संवेदनशील र चुनौतीपूर्ण हुने निष्कर्ष सुरक्षा निकायले निकालेका छन् । मंसिर २१ गते सात प्रदेशका बाँकी ४५ जिल्लामा चुनाव हुँदै छ ।

पहिलो चरणको चुनावी तयारी गरिरहेकै बेला ४० भन्दा बढी स्थानमा बम विस्फोट भयो भने सयभन्दा बढी स्थानबाट विस्फोटक पदार्थ बरामद भयो । निर्वाचन बिथोल्न खोज्नेहरू पाँच सयभन्दा बढीको संख्यामा पक्राउ परे ।

पहिलो चरणको चुनावमा सरकारले चुनावी सुरक्षा चुनौतीका रूपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीलाई मात्रै औंल्याएको थियो । तर दोस्रो चरणमा विप्लवसँगै तराईका सशस्त्र समूह, सीके राउत, भोट खरिदबिक्री, सीमामा लुकेर बसेका आपराधिक समूह, खुला सिमानाका कारण हतियार तथा विस्फोटक पदार्थ सजिलै भित्रन सक्नेलगायत चुनौती थपिने आकलन गरिएको छ ।

दोस्रो चरणमा खासगरी प्रदेश २ लाई बढी संवेदनशील र सुरक्षा दृष्टिकोणले पनि चुनौतीपूर्ण मानिएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा विप्लवसँगै सशस्त्र समूह (जयकृण गोइतलगायत) को सक्रियता, दलीय प्रतिस्पर्धाले ल्याउने झगडालगायत चुनौती प्रहरी मुख्यालयले औंल्याएको छ ।

दोस्रो चरणमा खासगरी प्रदेश नम्बर २ लाई बढी संवेदनशील र सुरक्षा दृष्टिकोणले पनि चुनौतीपूर्ण मानिएको छ ।

पहिलो चरणको तुलनामा दोस्रोमा सुरक्षाकर्मी बढी खटिए पनि मतदाता संख्या, मतदानस्थल, जनघनत्व र क्षेत्रफलको हिसाबले सुरक्षाकर्मी परिचालनको अनुपात कम हुने देखिन्छ । स्थानीय प्रहरी गस्ती र मतदानस्थलको सुरक्षामै बढी केन्द्रित हुनुपर्ने भएपछि लुटपाट, चोरी, डकैती र तस्करीजस्ता घटना मौलाउन सक्ने आकलन गरिएको छ । विस्फोटक पदार्थ पनि पहाडमा भन्दा बढी तराईमै बरामद भएको देखिन्छ ।

प्रहरी मुख्यालयका एक उच्च अधिकृतले भने, ‘पहिलोको चरण चुनाव शान्तिपूर्ण भएकाले चुनाव बिथोल्ने समूहले उपस्थिति देखाउन हदैसम्मको गतिविधि अपनाउन सक्छन्, सुरक्षा निकाय सबै चुनौतीको विश्लेषण गरेर अगाडि बढिरहेको छ ।’ ठूला दलका शीर्ष नेता दोस्रो चरणमै उम्मेदवार भएकाले उनीहरूको सुरक्षामा पनि सुरक्षाकर्मी उत्तिकै परिचालन गर्नुपर्ने अवस्थाका कारण चुनौती थपिएको विश्लेषण मुख्यालयको छ ।

प्रदेश ३ का सिन्धुली, मकवानपुर, चितवन र काभ्रेमा पनि विप्लवका कार्यकर्ताको बढी पकड रहेको प्रहरीको बुझाइ छ । प्रदेश ६ का सल्यान, सुर्खेत र दैलेखमा पनि विप्लव समूहको प्रभाव छ । प्रदेश ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटी पहाडी जिल्ला भएकाले प्रहरीको पहुँच कम हुने भएपछि मतपेटिका र उम्मेदवार सुरक्षालाई गम्भीरतापूर्वक हेरिएको छ । प्रदेश ५ का दाङमै विप्लवका बढी कार्यकर्ता पक्राउ परेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले पहिलाको जस्तो भौगोलिक विकटता दोस्रो चरणमा नहुने देखिएकाले प्रहरी परिचालनमा खासै समस्या नहुने बताए । उनले भने, ‘चुनाव बिथोल्ने समूह सक्रिय होलान् तर राज्यले पनि सोहीअनुसार सुरक्षाकर्मी परिचालनसँगै त्यस्ता समूहलाई पक्राउ र विस्फोटक पदार्थ बरामद गर्दै आएको छ । चुनाव शान्तिपूर्ण र भयरहित ढंगबाट सम्पन्न गर्न मन्त्रालय दृढ छ ।’

उनले संवेदनशील जिल्लाको आधारमा सुरक्षाकर्मीको अनुपात बढाएर सीमामा कडाइका साथ चेक पोइन्ट राखी आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी खटिसकेको बताए ।

यी हुन् चुनौती
- नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता
- खुला सिमाना
- विस्फोटक पदार्थ सजिलै भित्रन सक्ने
- मधेसमा विद्यमान सुरक्षा संवेदनशीलता
- भोट खरिद-बिक्री
- आपराधिक समूहको सक्रियता


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.