'रोहिंग्या हाम्रा दाजुभाइ दिदीबहिनी हुन्'

'रोहिंग्या हाम्रा दाजुभाइ दिदीबहिनी हुन्'

यांगुन : क्रिस्चियन धर्मावलम्बीका धार्मिक गुरु पोप फ्रान्सिसले रोहिंग्या मुस्लिम समुदायका नागरिक दाजुभाइ दिदीबहिनी भएको बताएका छन् । बौद्धधर्मावलम्बीहरूका बलियो प्रभाव रहेको देश म्यान्मारमा सोमबार आइपुग्नासाथ पोपले यस्तो धारणा व्यक्त गरेका हुन् ।

बौद्ध धर्मावलम्बी मुलुक म्यान्मारमा पोपको यस्तो अभिव्यक्तिलाई आश्चर्यजनक रूपमा हेरिएको छ । रोहिंग्या मुसलमान समुदायलाई लिएर विश्वभरि आलोचना भइरहेको यस अवस्थामा पोपले म्यान्मार भ्रमण गरेका हुन् । पोपको यांगुन विमानस्थलमा अत्यन्त उल्लासपूर्ण रूपमा स्वागत भएको छ । चार दिनको भ्रमणमा म्यान्मार आइपुगेका पोपले अल्पसंख्यक रोहिंग्यालाई राम्रो व्यवहार गर्न आग्रह गरेका छन् । म्यान्मारमा प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीसँग पनि पोपले भेटवार्ता गर्ने भएका छन्।

म्यान्मारको विदेशमन्त्रीका साथै म्यान्मार सरकारको राज्य सल्लाहकार पदमा रहेकप् सुकीको अहिलेको त्यो भूमिका ती निरीह शरणार्थीका लागि भने केही काम लागेको छैन । यद्यपि गत बिहीबार बंगलादेश र म्यान्मारबीच रोहिंग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको ढाकाले जनाएको छ । विश्वबाट म्यान्मारको रोहिंग्या शरणार्थीलाई फिर्ता गर्न माग गरिरहेको समयमा सुकी र बंगलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यान्मारको नइपिदवमा भएको बैठकले रोहिंग्या शरणार्थीलाई फर्काउने प्रयासस्वरूप दुई महिनाभित्र पहल शुरु गर्ने सहमति भएको थियो ।

तर यसको मिति भने तय भएको छैन । न त म्यान्मार सरकारले सशस्त्र उनीहरूलाई आफ्नो थातथलोमा पुनःस्थापना गर्ने बाचा सार्वजनिक गरेको छ । ‘हामीले उनीहरूलाई घर छोड्न बाध्य पारेको होइन, त्यसैले हामी आऊ या जाऊ पनि भन्न सक्ने अवस्थामा छैनौँ’, म्यान्मारका सैनिक अधिकारीको यस्तो भनाइ सार्वजनिक हुँदै आएको छ ।

म्यान्माली शरणार्थीहरूले बंगलादेशको तटीय सहर कोक्स बजारमा यतिखेर पाइला टेक्ने ठाउँ पनि छैन । यहाँको अस्थायी शिविर जस्तापाताले छाएको ठूलो सहरझैं भान हुन थालेको छ । म्यान्मारको उत्तरी रखाइन राज्यमा बसोबास गर्दै आएका रोहिंग्या मुस्लिम समुदायका लाखौँ नागरिक भागेर बंगलादेशमा शरणार्थीको रूपमा बसिरहेका छन् ।

उक्त समुदायमाथि म्यान्मारको सरकारी सैनिकले आक्रमण गर्दा उनीहरू भाग्नुपरेको उनीहरूको भनाइ छ । म्यान्मार सरकार भने यस्तो केही नभएको दाबी गर्दै छ । संयुक्त राष्ट्रसंघका अनुसार म्यान्मारबाट गत अगस्त २५ बाट भागेका रोहिंग्या मुसलमानको संख्या ६ लाख २० हजार छ ।

यस रोहिंग्या मुस्लिम जातिविरुद्धमा भएको हिंसालाई म्यान्मार सरकारले जातिभेद नीति लिएको विश्व मानवअधिकार संस्था, एम्नेस्टी इन्टरनेशनलले दाबी गरेका छन् । एम्नेस्टी इन्टरनेशनलले हालैमात्र सार्वजनिक गरेको १०० पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा प्रश्न गरिएको छ । रोहिंग्या जातीय ले पनि सशस्त्र संगठन खोलेको पनि प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.