‘नेता भेट्न चुनाव चाहियो’

‘नेता भेट्न चुनाव चाहियो’

सन्धिखर्क: जताजतै जंगल। रात परेपछि अन्धकार । आमसञ्चारका माध्यम पत्रपत्रिका, रेडियो र टेलिभिजन सर्वसाधारणको पहुँचबाट निकै टाढा । एक घरबाट अर्को घर जंगलै जंगलको बाटो भएर जानुपर्ने, त्यो पनि निकै बेर हिँडेपछि मात्र पुगिने। सिद्धाराका धेरै ठाउँमा टेलिफोनले काम गर्दैन ।

भौगोलिक रूपमा देशकै ठूलो तर जिल्लाको विकट सीतगंगा नगरपालिकाको परिचय हो, यो । त्यही सञ्चारविहीन बस्तीमा जंगल छिचोल्दै नेता पुगेका छन् । विकास गर्न होइन, उही पुरानैै आश्वासन दोहो¥याउन । सिद्धारा, सिमलपानी, जलुुकेलगायत क्षेत्रका स्थानीय चाँडो चाँडो चुनाव आउँदा नेता यसैगरी गाउँ पस्थे भन्ने लागिरहेको छ । सिद्धाराका वृद्ध टामलाल पाण्डे भन्छन्, ‘चुुनाव हरेक महिना आए पनि हुुन्थ्यो । विकास नभए पनि मत माग्न आउँदा नेता देख्न त पाइन्थ्यो । चुुनाव सकिएपछि फर्केर आउने हैनन् ।’

सधैंजसो सुुनसान रहने जंगलबीचको गाउँमा फरक–फरक पार्टीका उम्मेदवार ‘डेक’ बजाएर, आमसभा गरी भोट माग्न नेताको लर्को लाग्ने गर्छ । उनीहरू आफूले पूरा गर्न नसक्ने एजेन्डा बताएर चुुनावी मैदानमा उत्रिएको मतदाता बताउँछन् । जलुुके लामातालका जुुनबहादुुर पुुलामीका अनुुसार आफूले जितेमा ३० वर्षदेखि अलपत्र नौमुुरे जलविद्युुत् आयोजना पूरा गर्छुु भन्ने आश्वासन धेरै नेताले दिएका छन् । पुुलामीले भने, ‘२०७० सालको चुुनावमा पनि नौमुुरे सुुरु गर्छौं भनेर उम्मेदवार विजयी भएर गए । अहिलेसम्म सुुरु नै भएन । अहिले पनि फेरि त्यही नारा बनेको छ ।’

यो क्षेत्रमा वाम गठबन्धनबाट टोपबहादुुर रायमाझी प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । मन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म भइसकेका रायमाझी चुनावी अभियानको क्रममा पाँच वर्षभित्र नौमुुरे जलविद्युुत योजना सम्पन्न गर्ने, वैदेशिक रोजगारीमा गएका ५० हजार युुवालाई स्वदेश फर्काउनेदेखि रेल गुुडाउनेसम्मका चुुनावी एजेन्डामा भोट मागिरहेका छन् ।

उनका प्रतिस्पर्धी छन्, कांग्रेसका डा. रामबहादुुर बीसी । जिल्लालाई विकास निर्माणमा नमुना बनाउने बीसीको स्वास्थ्य क्षेत्रको सुधार गर्ने प्रतिबद्धता छ । उनी सांसदको तलब क्यान्सर पीडितको उपचारमा खर्चिने भनेर मत मागिरहेका छन् । प्रदेशसभामा कांग्रेसका हिम्मतबहादुुर टण्डन र एमालेबाट रामजी घिमिरेबीच प्रतिस्पर्धा हुँदैै छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.