चीनमा शौचालय क्रान्ति

चीनमा शौचालय क्रान्ति

बेइजिङ : चिनियाँ राष्ट्रपति सी चिनफिङले शौचालय क्रान्ति (ट्वाइलेट रिभोल्युशन) अन्तर्गत सोमवार सबै अधिकारीलाई देशभरका शौचालयलाई व्यवस्थित गर्न आदेश दिएका छन्।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार शहरी तथा ग्रामीण बासिन्दाको जीवनस्तर सुधार गर्न स्वच्छ शौचालय निर्माण गर्नु महत्वपूर्ण भएको चर्चा गर्दै सीले सबै अधिकारीलाई यस काममा खटिन आग्रह गरेका थिए। स्वच्छ शौचालयको व्यवस्था नगरिँदासम्म जनताको जीवनस्तरमा प्रगति नहुने उनको कथन छ।

यस कारण नगर होस् वा गाउँ सबैतिर शौचालयको उचित व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए। वल्र्ड टुरिजम अर्गनाइजेशनका अनुसार सर्वाधिक पर्यटक आउने मुलुकमा चीन चौथो नम्बरमा पर्छ। सन् २०१६ मा मात्रै चीनमा ६ करोड ९३ लाख पर्यटक भित्रिएका थिए। ती पर्यटकलाई ख्याल गरेर पनि चीनले शौचालयको उचित व्यवस्था गर्नु आवश्यक छ।

सन् २०१७ को अक्टुबरसम्म चीनले पर्यटकीय क्षेत्रमा सुविधायुक्त ६८ हजार शौचालयको उचित व्यवस्थापन गरेको थियो। यो उसको लक्ष्यभन्दा १९.३ प्रतिशतले बढी हो। सन् २०१५ मा चीनले शौचालय क्रान्ति शुरु गरेको थियो।

यसअन्तर्गत उसले २० अर्ब युआन खर्च गरिसकेको छ। हालसम्म ६९ हजार शौचालयको उचित व्यवस्था गरिएको छ। राष्ट्रपति सीले शौचालयको समस्यालाई सामान्य समस्या ठान्न नहुने बताए। सभ्य ग्रामीण वा नगर वातावरण बनाउन सफा शौचालयको भूमिका रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.