निधि निर्वाचन क्षेत्र फर्किँदा शक्तिप्रदर्शन

निधि निर्वाचन क्षेत्र फर्किँदा शक्तिप्रदर्शन

जनकपुरधाम : स्वास्थ्य उपचार गरी निर्वाचन क्षेत्र फर्किएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको स्वागतमा कांग्रेसले ठूलै शक्ति खर्चिएको थियो।

८ दिनपछि बुधबार आफ्नो क्षेत्रमा फर्किएका निधिको स्वागतमा करिब एक हजार जति मोटरसाइकल, सय भन्दा बढी गाडी र ६० वटा अटो रिक्सामा सवार भई कांग्रेस नेता/कार्यकर्ता जनकपुर विमानस्थल पुगेका थिए।

जहाज ल्यान्ड गर्नु दुईघण्टा पहिले नै कांग्रेस कार्यकर्ताको भीड विमानस्थलमा भरिएपछि सर्वसाधारण यात्रीलाई भित्र छिर्नै मुस्किल परेको थियो।

मनोनयन दर्तापछि जनकपुर लगायत आफ्नो क्षेत्रमा प्रचारप्रसारमा सक्रिय रहेका निधि एक्कासी बिरामी परेपछि काठमाडौंको ओम अस्पताल भर्ना भएका थिए। स्वास्थयमा सुधार भएपछि उनी पुनः निर्वाचन क्षेत्रमा फर्केका हुन्। उनी क्षेत्रमा नहुँदा विपक्षी दलको प्रचारप्रसार तीव्र भएको थियो।

उडान ढिलो भएका कारण निर्धारित समयभन्दा अबेर जनकपुर आइपुगेका निधि विमानस्थलबाट गाडीमा सवार भई हात हल्लाउँदै नगरक्षेत्रको परिक्रमा गरेका थिए। सडक छेउमा उभिएका सर्वसाधारणलाई नमस्कार गर्दै उनले फोट मागे।

शक्ति प्रर्दशनका लागि महिलाहरूलाई विमानस्थल जम्मा गर्न प्रयोग गरिएका अटो चालकहरूलाई प्रति अटो १२ सय रुपैयाँका दरले उपलब्ध गराइएको कांग्रेसकै एक नेताले बताए। 'बिहानैदेखि आफ्नो काम छाडेर हाम्रा नेताको स्वागतमा आएका अटो चालकहरूलाई भाडा बापत रकम उपलब्ध गराइएको हो', उनले भने। त्यसैगरी मोटरसाइकल लिएर आएका युवाहरूलाई पेट्रोल र खाजा उपलब्ध गराइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.