काभ्रेमा कांग्रेस उम्मेदवारलाई लक्षित गरी बम विस्फोट
बनेपा : काभ्रेका नेपाली कांग्रेस उम्मेदारलाई लक्षित गरी अज्ञात समूहले बम प्रहार गरेको छ । काभ्रे क्षेत्र नम्बर १ प्रदेशसभा (ख) का नेपाली कांग्रेस उम्मेदार चन्द्र लामा (सिबी)लाई दक्षित गरी बम प्रहार भएको हो।
बुधबार चुनावी प्रचारप्रसार गर्ने क्रममा रोशी गाउँपालिका १० स्थित बाल्टिङ्गमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
घटनास्थलबाट पे्रसर कुकरका टुक्रा भेटिएका छन् । बाल्टिङ्गको कार्याक्रम सकेर मंगलटारको सभामा जाने क्रममा जंगलमा उम्मेदार लामाको गाडिमाथि बम प्रहार भएको सँगै रहेका पत्रकार कपिल कोइरालाले जानकारी दिए ।
बाटोमै बम विस्फोट भएपछि उम्मेदवार लामा कार्यक्रम स्थगीत गरेर बनेपा फर्किएका छन् । काभ्रेमा चुनावी गतिविधिमा अवरोध पुग्ने गरी भएको विस्फोट यो पहिलो हो ।