मतदाता फकाउँदै पाण्डे र बुर्लाकोटी

मतदाता फकाउँदै पाण्डे र बुर्लाकोटी

भरतपुर : चितवन क्षेत्र नम्बर ३ का प्रतिनिभिसभा सदस्य उम्मेदवार विक्रम पाण्डेले आफूले मंसिर २१ गते हुने निर्वाचन जितेमा देशको प्रधानमन्त्री हुने दाबी गरेका छन्। ‘मैले चुनाव जितेमा यो मुलुकको प्रधानमन्त्री हुने हो, राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष होइन', उनले भने। लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भूसंरक्षणमन्त्री पाण्डेले वाम उम्मेदवार पुष्पकमल दाहाललाई पराजित गर्ने उद्घोषसमेत गरे।

अन्नपूर्ण पोस्टसँगको विशेष कुराकानीमा मन्त्री पाण्डेले भने, ‘दाहाल मेरो चुनावी प्रतिस्पर्धी होइनन्। मेरो प्रतिस्पर्धी मै हुँ।' बाँदरमुढे घटना र भरतपुर महानगरपालिकाले दाहाललाई पराजित गराउने पाण्डेको दाबी छ। दाहाल महानगरको चुनावमा कांग्रेस र संसद्को चुनावमा एमालेलाई छक्याउँदै चुनाव जित्ने रणनीतिमा लागे पनि सफल नहुने दाबी पाण्डेले गरे। एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्दा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउँदासम्म वामपन्थीको सरकार १५ वर्षसम्म भन्दै डुक्रेको ६ महिनामै दाहालले कांग्रेससँग सत्ता समीकरण गरी ओली सरकार ढालेको इतिहास ताजै रहेको स्मरण पनि गरे।

मुलुकको राजनीतिक अस्थिरताको जड माओवादी केन्द्र र त्यसको अध्यक्ष पुष्पकमल दाहाल भएको पाण्डेको ठम्याइ छ। १० बर्से जनयुद्ध वा अहिलेको शान्तिप्रक्रिया जेलाई हेरे पनि माओवादी मुलुकका लागि अभिशाप रहेको मन्त्री पाण्डले बताए। गणतन्त्र आएदेखिका प्रधानमन्त्रीहरूले गर्न नसकेको काम आफू प्रधानमन्त्री भएमा गरेर देखाउने उनको दाबी छ। ‘विद्युत् र सिँचाइलाई अग्राधिकारसहित आमजनताबीच पुर्‍याउनेछु', उनले भने।

दुई पटक मन्त्री भइसकेका पाण्डेले लोकतान्त्रिक गठबन्धनको तर्फबाट आममतदाताबीच १८ बुँदे चुनावी प्रतिबद्धता अघि सारेका छन्। माओवादी केन्द्रका अध्यक्ष दाहालको भन्दा कम नरहेको पाण्डेको प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत्, सिँचाइ तथा कृषि, तटबन्ध, युवा तथा रोजगार, पार्क उद्यान, सामाजिक सेवा तथा सुरक्षाका विविध विषय समेटिएका छन्।

कांग्रेसका तर्फबाट यसअघि विजयी भएका रामकृष्ण घिमिरेले गरेका विकास निर्माणका विवरणसमेत प्रतिबद्धता पत्रमा पाण्डेले राखेका छन्। उनले क्षेत्र नं ३ मा सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने, रामपुरमा इन्जिनियररिङ कलेज, चितवनलाई ‘मेडिकल सिटी' बनाउने, शिवनगरमा ५१ शड्ढयाको अस्पताल बनाउने, माडीको बघौडा अस्पताललाई सुविधा सम्पन्न बनाउने प्रतिबद्धता पनि समेटेका छन्।

पाण्डेले नारायणी र राप्ती किनारबाट तटबन्धनसँगै बाहिरी चक्रपथ र भित्री चक्रपथको व्यवस्था गर्ने, स्वदेशी उद्योगको प्रवद्र्धन गर्ने, बाँदरझुला बस्तीलाई उचित स्थानमा स्थानान्तरण गर्ने प्रतिबद्धता अघि सारेका छन्। दाहालको माडीदेखि १० किलोमिटर दूरीमा आकाशे पुल बनाउने प्रतिबद्धताप्रति व्यंग्य गर्दै आफूसँग त्यस्तो कोरा कल्पना नभएको र त्यस्तो कुरा हालै सम्भव हुन नसक्ने दाबी पनि मन्त्री पाण्डेको छ।


लोकतन्त्रको सौन्दर्य युवा नेतृत्व : कोइराला

कांग्रेस युवा नेता एवं चितवन निर्वाचन क्षेत्र नं. १ (क) का प्रदेशसभा उम्मेदवार दिनेश कोइरालाले लोकतन्त्रको सौन्दर्य भनेकै युवा नेतृत्व र सहभागिता भएको बताएका छन्। ‘आगामी दिनमा कांग्रेसको नेतृत्वमा गठन हुने सरकारको नेतृत्व युवामा जानुपर्छ', कोइरालाले भने, ‘२१ औं शताब्दीको दोस्रो दशकको संघारमा आइपुग्दा पनि युवा नेतृत्व चयन हुँदैन र जिम्मेवारी दिइँदैन भने मुलुक अघि बढ्दैन। मुलुकलाई विकासमुखी आर्थिक सम्पन्नतातर्फ लग्न युवा नेतृत्व अपरिहार्य छ।'

स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको मेयरमा आफूले दिएको उम्मेदवारी, त्यसको फिर्तादेखि चुनावको मतगणना हुँदै अहिलेसम्मको घटनाका प्रत्यक्ष साक्षी भरतपुरवासीले आफ्नो विकल्प नभएको धारणा राखिसकेको पनि कोइरालाले दाबी गरे। ‘महानगरको मेयरमा उम्मेदवारी दिँदा मैले पाएको धोका र अन्यायको बदला लिन जनताले मलाई मत दिनेछन्। मेयर पदमा मैले कांग्रेसबाट पाएको धोकालाई जनताले बज्रपातका रूपमा लिएका छन्', उनले भने।

वामपन्थी गठबन्धन सत्ता स्वार्थका लागि केन्द्रित रहेको दाबी गर्दै जनताले केही बुझ्न बाँकी नरहेको उनले दाबी गरे। ६÷६ महिने सत्ता परिवर्तनले मुलुकलाई समृद्धितर्फ लान नसक्ने उनको भनाइ थियो। वाम गठबन्धनका एक शीर्ष नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रत्येक सार्वजनिक समारोहमा कांग्रेसभित्र दिनेश कोइरालाजस्ता युवा छन्, जो मुलुक सञ्चालनका लागि योग्य छन् भन्दै दिएको अभिव्यक्तिलाई आफूले सकारात्मक रूपमा लिएको उनले बताए। आमजनताले चुनावी अभियानमा देखाएको निष्ठा आफ्नो जितको आधार भएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.