प्रकाश खोज्दै प्रचण्डका मतदाता

प्रकाश खोज्दै प्रचण्डका मतदाता

 

भरतपुर : पुत्र वियोगको तेस्रो दिन मंसिर ५ मा भरतपुरमा आएका माओवादी केन्द्रका अध्यक्ष एवं क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहालले संयुक्त चुनावी सभामा सम्बोधन गरेनन् । दाहालपुत्र प्रकाशको मंसिर ३ मा काठमाडौंमा निधन भएको हो ।पुत्र शोकमा रहेका बेला पनि सभामा उपस्थिति भएको घटनालाई भरतपुरका स्थानीयले गम्भीर र संवेदनशील रूपमा लिएका छन् ।

पुत्र शोकको पीडालाई विस्तारै भुल्दै दोस्रोपटक सपरिवार भरतपुर पुगेका दाहालले यसपटक भने चुनावी अभियानका क्रममा घरदैलोलाई तीव्रता दिएका छन् । दाहालले माओवादी सशस्त्र युद्धका बेला ३९ जनाको ज्यान लिने गरी गराइएको स्थल माडीमा आयोजित चुनावी सभामा सम्बोधन गरी माडी घटना सशस्त्र युद्धकालकै सबैभन्दा दुःखद भनी टिप्पणी गर्न भ्याए । यो सम्बोधनपछि दाहालको पक्षमा त्यहाँका मतदाता उभिनसक्ने अवस्था बनेको माओवादी कार्यकर्ता बताउँछन् । नेपालको चुनावमा ‘सेन्टिमेन्ट’ ले पनि अर्थ राख्ने गरेको छ । विगतका केही यस्ता उदाहरण पनि छन् ।
दाहाललाई पनि पुत्र शोकमा रहेको सेन्टिमेन्टले मद्दत गर्ने अनुमान लगाउने पनि कम छैनन् ।

‘प्रकाश साँच्चिकै प्रकाश थियो । उसले जनताको भावना बुझेर माओवादी अध्यक्षलाई काम गर्न सघाउँथ्यो’, मेघौलीका ७५ वर्षीय नील चौधरी सम्झन्छन् । उनले अन्नपूर्णसँग भने, ‘दाहालपुत्री रेणु भरतपुर महानगरको मेयरमा उठेका बेला खानेपानीका लागि आवाज उठाउँदा प्रकाशले आफैंले रकम निकासा गरे । आफूले दाहाललाई नचिने पनि उनका छोराको सहयोगको गुन तिर्छु ।’ कांग्रेस कार्यकर्ता उनी यसपटक भने प्रकाशको सहयोगप्रति नतमस्तक छन् । ‘पिता पुष्पकमलसँगै प्रकाश नदेख्दा आँखा रसायो’, उनले भने, ‘यस्तो आपत कसैलाई नपरोस् ।’

वैशाख ३१ मा सम्पन्न स्थानीय तह चुनावमा प्रकाशले खेलेको भूमिकाबाट त्यहाँका माओवादी मात्र नभएर सर्वसाधारणमा पनि सकारात्मक छाप परेको रहेछ । ‘हर्षित मुद्रामा घरदैलोमा उपस्थित भए पनि पुत्र शोकको आलो घाउले गर्दा बाबु पुष्पकमलको अनुहारको चमक नदेखेको अनुभव भरतपुर चोकबजारका श्याम श्रेष्ठले सुनाए ।‘प्रकाशप्रति श्रद्धाञ्जली दिनकै लागि पनि मेरो मत दाहाललाई जानेछ । यो मत प्रधानमन्त्री बन्न सक्ने नेताकहाँ जाने हुँदा मेरो निर्णय हुनेछ’, उनले भने ।

स्थानीय चुनावमा कांग्रेसको दबाबमा दाहालपुत्री रेणुलाई जिताएको स्मरण गर्दै उनले भने, ‘यसपटक बिनाकरकाप बाबु पुष्पकमललाई जिताउन मेरो मत हुनेछ ।’पुल्चोककी अनिता दवाडीले पनि प्रकाशको सम्झनामा यसपटक दाहाललाई मत दिने बताइन् । उनले दलहरूको चुनावी घोषणापत्र हेरेर थाकिसकेको जनाउँदै जो जिते पनि निकटका कार्यकर्ता, गुन्डा पोस्ने काम गरेको भन्दै दुःख व्यक्त गरिन् ।

उनेले भनिन्, ‘पार्टी र उम्मेदवार नहेरी प्रकाशको सम्झनामा मत दिन्छु ।’ भरतपुर बजारका सूर्य दाहालले चितवन–३ मा विक्रम पाण्डेलाई पुष्पकमलको प्रतिस्पर्धी भन्न नमिल्ने तर्क गरे । मुलुकको भविष्य निर्माणमा राज्यलाई दिशा दिन सक्ने नेतृत्वका रूपमा आफूले दाहाल देखेको उनको धारणा छ ।‘रेणुको चुनावपछि प्रकाश आमजनताबीच निकट थिए । उसको अभाव युवा पुस्ताबीच छ’, उनले भने ।निर्वाचनमा देखिएको भद्रगोल व्यवस्थापन गर्न पनि प्रकाशको आवश्यकता महसुस भएको उनले बताए ।

मेघौलीका भीमसेन तामाङले आफूले चितवनको विकासका लागि र प्रकाशप्रति श्रद्धाञ्जली दिन मत दाहाललाई दिने बताउँछन् । उनले भने, ‘सन्तान हत्या गर्ने हत्यारोले पनि सन्तान गुमाउन नपरोस् भन्ने भावना मेरो छ ।

सोही भावनाकै आधारमा छोरा गुमाएको पीडामा रहेका बाबुलाई मत दिनु मेरो कर्तव्य हो । राजनीतिक कार्यकर्ताले मात्र उम्मेदवार छान्छ, हामीलाई दाहालले नै जिते पनि हुने केही होइन ।’छोराछोरीको भविष्यका लागि भए पनि मुलुकको प्रधानमन्त्री हुने व्यक्ति रोज्ने धारणा उनले व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.