क्षयरोगबारे सचेतता

क्षयरोगबारे सचेतता

 

नेपालले बुधबार क्षयरोगविरुद्धको ६४ औं दिवस मनायो । सामान्यतया टीबी भनिने यस रोगका कीटाणुको संक्रमणका कारण आज पनि विश्वको एकतिहाइ जनसंख्या जोखिममा रहेको देखिन्छ । ‘शरीरको क्षति गर्ने क्षयरोग’ लाई आम मान्छेले फोक्सोसँग सम्बन्धित रोग ठान्छन् किनभने यसबाट संक्रमितमध्ये ७५ प्रतिशतलाई फोक्सोमै संक्रमण हुने गरेको छ । तर शरीरका अन्य अंगमा पनि यसको संक्रमण हुन्छ र यस्तोमा फोक्सोभन्दा शरीरका अन्य अंगको उपचार गर्न असहज हुन्छ ।

प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाख व्यक्तिको ज्यान क्षयरोगकै कारण जाने गरेको अनुमान छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार प्रत्येक वर्ष करिब पाँचदेखि सात हजार नेपालीले क्षयरोगकै कारण ज्यान गुमाउने गरेका छन् ।

चिकित्सकका अनुसार क्षयरोगका कीटाणुबाट प्रभावित सबैलाई यो रोग लाग्दैन । क्षयरोगका कीटाणुले आक्रमण गरेका व्यक्तिमा पर्याप्त रोग प्रतिरोधात्मक क्षमता छ भने यो रोगले हानि पुर्‍याउन सक्दैन । तर कुपोषण र एचआईभी संक्रमित व्यक्तिमा भने यो रोग छिटो विकसित हुन्छ ।
क्षयरोगका कीटाणुले आक्रमण गरेका व्यक्तिमध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोग विकास हुन सक्छ अर्थात् तिनमा रोगका लक्षण देखा पर्छन् । तीन साता या सोभन्दा बढी समय खोकी लागे, खकारमा रगत देखिए, श्वास फेर्न गाह्रो या छाती भारी भए, अकस्मात शरीरको धेरै तौल घटे, पसिना आउने भएर थकाइको महसुस भए क्षयरोगको आशंका हुन्छ ।

त्यस्तै टीबी मेनेन्जाइटिस हुँदा बिस्तारै-बिस्तारै टाउको दुख्ने, घाँटी अररो हुने, ज्वरो आउने, शरीर काम्ने, मानसिक भ्रम हुने र बेहोस हुने आदि हुन सक्छ । पेटमा क्षयरोग हुँदा दुब्लाउँदै जाने, पेट दुख्ने, पेटमा छाम्दा डल्लो फेला पर्ने, दिसा पातलो हुने, मन्द ज्वरो आउने तथा खानामा अरुचि हुने लक्षण देखिन सक्छ ।

हाडजोर्नीको क्षयरोगमा हाडजोर्नी दुख्ने, सुन्निने र छालामा प्वाल बनी पिप निस्कने हुन सक्छ । फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोग निदानको लागि बायोप्सी, कल्चर परीक्षण आदि उपयोगी हुन सक्छ । नेपालमा क्षयरोग उपचारका लागि चार हजार बढी क्षयरोग उपचारसम्बन्धी ‘डट सेवा’ केन्द्र छन् । नियमित औषधी सेवनले निको हुने यस्तो रोग निको हुन्छ, तर रोग लाग्नुभन्दा पहिल्यै रोगै लाग्नै नदिन सबै सचेत हुन जरुरी छ ।

त्यसका लागि स्वस्थ जीवन नै पहिलो सर्त हो । स्वस्थ जीवनको पहिलो आधार हो- अनुशासित जीवनशैली । खानपान तथा आहारविहारमा पर्याप्त ध्यान दिन सके ब्याक्टेरियाजन्य सबै रोगबाट धेरै हदसम्म जोगिन सकिन्छ । रोग प्रतिरोधात्मक जीवनका लागि ‘स्वस्थ जीवनका आठ सूत्र’ अपनाउनु उचित हुन्छ । पहिलो, धूमपान नगर्ने र गरिरहेका व्यक्तिको निकट नबस्ने । दोस्रो, खानपानमा धेरै फलफूल, सागपात र काँचोकचिलो सामेल गर्ने । तेस्रो- नियमित रूपमा शारीरिक व्यायाम गर्ने ।

चौथो- शरीरलाई आफ्नो उचाइअनुसार ठिक्क तौल कायम राख्ने । पाँचौं, जाँडरक्सी नखाने । छैटौं, पर्याप्त मात्रामा सुत्ने । सातौं- संक्रमणबाट जोगिन नियमित सफा पानीले नुहाउने, हात धुने र मासुलाई राम्रोसँग पकाएर मात्र खाने । जनावरमा लागेका अनेक रोग मासुबाट मानिसमा सर्ने भएकाले मासुमा सचेत हुनुपरेको हो । आठौं, तनाव र भागदौडको जीवन नजिउने, थोरै मात्र समय भए पनि वनजंगल र एकान्त ठाउँमा डुल्ने या ध्यान गर्ने । यसो गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ र अन्य तमाम रोगका साथै क्षयरोगबाट कसैले पनि संक्रमित हुनुपर्ने छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.