उम्मेदवारको सुताई तीन-चार घण्टा मात्रै

उम्मेदवारको सुताई तीन-चार घण्टा मात्रै

विराटनगर : नेपाली काग्रेसका नेता तथा मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइराला मुस्किलले तीन-चार घन्टामात्र सुत्न पाउँछन् । चुनावी कार्यक्रम सकेर निवास फर्कदा निकै रात परिसकेको हुन्छ । ‘बिहानको खाना निवासमा नखाएको दिनको त गन्ती नै छैन्’,कोइराला भन्छन्,‘चुनावी अभियानमा लागेयता जनताकै घरमा खाना खाइरहेको छु ।’ चुनावी सभा, घरदैलो र घेटघाटमा बिहानैदेखि व्यस्त रहने उनी कहिले राति साढे १२ बजे कहिले १ बजे ओच्छ्यान पुग्छन् ।

बिहानै भाले वास्ने समय नहुँदै कोइरालालाई सहयोगीले उठाउँछन् । नित्यकर्म सकेर झिसमिसै हुँदा नहुँदै कोइराला निवासबाट निस्किएपछि चुनावी अभियान सुरु हुन्छ । बिहानै जोसिलो र फुर्तिलो मुद्रामा कोइराला मतदाताको घरदैलोमा मत माग्दै हिँड्छन् यो क्रम राति अबेरसम्म चल्छ ।

कोइरालाका मुख्य प्रतिस्पर्धी मानिएका एमाले उम्मेदवार लालबाबु पण्डित मुस्किलले दैनिक ४ घन्टामात्र सुत्न पाउँछन् । चुनावी कार्यक्रम सकेर घर फर्की सुत्ने तर्खर गर्दा रातको साढे १२ बजिसकेको हुन्छ । ४ नबज्दै सहयोगीले उठाइहाल्छन् । नित्यकर्म सक्यो, चिया पियो अनि बाहिर निस्कने समय भइहाल्छ । ‘जनताको सेवा गर्नेलाई जनमत लिन कहाँ सजिलो छ र ?,’पण्डित भन्छन्,‘ शारीरिक थकान र निद्रा भुलेरै भएपनि चुनावी घरदैलो र सभामा सहभागी हुने जोशका साथ अघि बढिएको छ ।’ आफू मजदुर नेता भएकोले पनि शारीरिक थकान महशुस नै नभएको पण्डितले बताए ।

बिहीबार दिउँसो १२ बजे चुनावी सभा सकेर बेलबारीस्थित निवास फर्किएका काँग्रेसका प्रनिनिधिसभा उम्मेदवार डा.सुनिल शर्मा पत्रकारहरुसँग कुराकानी गरेर घरको टाँडातिर उक्लिए । बरन्डाबाटै सहयोगीलाई निर्देशन दिँदै भने, ‘मलाई ३ बजेसम्म नउठाउनु ।’ अघिल्लो रात १ बजेसम्म चुनावी छलफलमा व्यस्त रहेका शर्माले २ घन्टामात्रै सुतेको र खप्नै नसकेपछि सुत्नकै लागि घर आएको बताए ।

विराटनगरको जतुवामा पार्टीको छफलमा मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का प्रदेश सभाका काँग्रेस उम्मेदवार केदार कार्की कुर्सीमै अढेस लागेर उँघिरहेका थिए । वक्ताहरुको बोल्ने क्रम चल्यो । कार्कीको पालो आएपछि सहयोगीले घच्घच्याए । उनी झसङ् हुँदै उठे । अनि चुनावी रणनीतिबारे आफ्ना विचार राखे । ‘चुनावी प्रचारमा लागेपछि एक महिनाभन्दा लामो समयदेखि राम्रोसँग सुत्नै पाइएको छैन’,कार्कीले भने,‘साह्रै झपझप भएपछि कुनैकुनै बेला निदाइ हालिन्छ ।’

चुनाव हुने मिति नजिकिँदै जाँदा धपेडीले उम्मेदवारहरुले शारीरिक थकान महशुस गरेपनि अभियानलाई अझ जोशका साथ अघि बढाइ रहेकाछन् । एमालेबाट मोरङ २ का प्रतिनिधिसभा उम्मेदवार ऋषिकेश पोखरेल भन्छन्, ‘यो निद्रा र थकानको वास्ता गर्ने बेलै होइन । क्षेत्र पनि ठूलो भएकोले हामीले सबैतिरका मतदाताको जनमत बुझ्ने र उनीहरुसँग भेटघाट गर्ने समय हो ।’ उनकै प्रतिस्पर्धी काँग्रेसका डा. मिनेन्द्र रिजाल पनि राति अबेरसम्म चुनावी सभा र कार्यक्रमहरुमा निकै व्यस्त हुन्छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.