समृद्धि र विकास लोकतन्त्रमा मात्रै सम्भवः विनोद चौधरी

समृद्धि र विकास लोकतन्त्रमा मात्रै सम्भवः विनोद चौधरी

काठमाडौं: वरिष्ठ उद्यमी विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्रै आर्थिक विकास र समृद्धि सम्भव भएको बताउँदै आगामी चुनावमा कांग्रेसलाई मतदान गर्न आग्रह गरेका छन्।

बिहीबार हेटौंडा, सिराह, सप्तरी, सर्लाही र विरगंजमा आयोजित कांग्रेसका छुट्टाछुट्टै चुनावी आमसभालाई सम्बोधन गर्दै उनले राजनीतिक आन्दोलन सकिएर आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउनु पर्ने समय भएकाले कांग्रेसले मात्रै त्यस्तो जिम्मेवारी पुरा गर्न सक्ने दावी गरे। ‘यो मुलुकमा २०४६ सालपछि कांग्रेसकै उदारीकरणको नीतिका कारण हामीले अहिले स्वतन्त्रतापूर्वक पेशा र व्यवशाय गर्न पाएका हौ' उनले भने, ‘तर लोकतान्त्रिक व्यवस्था बाहेक कम्युनिष्टले भने अनुसारको शासन आउने हो भने पेशा व्यवशाय गर्ने नागरिक स्वतन्त्रता रहदैन।'

चौधरीले मुुलुकमा स्वदेशी र विदेश लगानी भित्र्याएर लाखौंको रोजगारी सृजना गरी मुलुकलाई समृद्धितर्फ अधि बढाउन सक्ने बताए। ‘स्थानीय कच्चा पदार्थ र कृषिजन्य वस्तुहरुको बजारीकरण गरेर स्थानीय तहलाई आर्थिक रुपमा सबल बनाउन सकिन्छ' चौधरीले भने।

उनले २०४८ सालमा कांग्रेसको सरकारले सुरु गरेको क्रान्तिकारी आर्थिक सुधारकै आधारमामा अहिलेसम्म मुलुकलाई धानेर राखेको पनि बताए। ‘२० बर्षका राजनीतिक अस्थिरताका बाबजुत पनि कांग्रेसकै नीतिका कारण मुलुकलाई आर्थिक रुपमा धान्न सम्भव भएको हो' चौधरीले भने, ‘त्यो बेला कांग्रेसले खोलिएका ढोकाहरु सबल अर्थतन्त्रका लागि आजसम्म जारी छन्' उनले भने, ‘त्यसलाई नयाँ उर्जा दिनु आजको आवश्यकता हो । अब कांग्रेसको नेतृत्वमा बन्ने सरकारले आर्थिक विकासको उचाई लिनेछ।'

चौधरीले आर्थिक र भौतिक विकासलाई कसरी उचाईमा पु¥याउने भन्ने कांग्रेसले मात्रै खाका कोर्न सक्ने पनि दावी गरे। ‘विकासलाई कसरी अघि बढाउने त्यसको खाका कोर्न यो चुनाव हाम्रा लागि ठूलो अवसर हो' चौधरीले भने, ‘त्यसैले कांग्रेसलाई अत्याधिक मतले जिताउनुहोस।' उनले लोकतान्त्रिक पार्टीले मात्रै बलियो अर्थतन्त्र बनाउन सक्ने बताउदै कांग्रेसका अबका रणनीतिहरु विकास केन्द्रीत हुने स्पष्ट पारे। ‘म, राजनीति मात्रै गर्न कांग्रेससँग जोडिएको होईन' चौधरीले भने, ‘आर्थिक विकास कांग्रेसले मात्रै गर्न सक्छ भन्ने निष्कर्षका साथ जोडिएको हो।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.