भारत र श्रीलङ्कामा शक्तिशाली आँधी, १६को मृत्यु, १०० जना बेपत्ता

भारत र श्रीलङ्कामा शक्तिशाली आँधी, १६को मृत्यु, १०० जना बेपत्ता

नयाँ दिल्लीः भारत र श्रीलङ्कामा बिहीबार रातिबाट शुक्रबार बिहानसम्म आएको शक्तिशाली आँधीको कारण १६ व्यक्तिको मृत्यु भएको छ।

सो आँधीबाट अन्य १०० जना व्यक्ति वेपत्ता हुनुका साथै आँधीका कारण यी दुबै देशमा सयौँ रुख ढल्नुको साथै विद्युतीय लाइनहरु अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन्।

आँधीले सडक छेउका घरहरु भत्काएको वा उडाएको बताइएको छ। आँधी प्रभावित क्षेत्रमा लाखौँ व्यक्तिलाई सो क्षेत्र खतरायुक्त भएको चेतावनी दिइएको छ।

भारतको दक्षिणी भू–भाग तामिल नाडू र केरला प्रान्त बढी प्रभावित भएको छ भने श्रीलङ्काको दक्षिणी र मध्य प्रान्तहरुमा क्षति पुगेको छ।

ती क्षेत्रका सवै बिद्यालय दुई दिनयता बन्द रहेका छन्। सडक, रेलमार्गसमेत बन्द भएको प्रकोप व्यवस्थापन केन्द्रले जानकारी दिएको छ।

प्रकोप नियन्त्रण अधिकारका अनुसार आँधीको कारण भारतमा नौ र श्रीलङ्कामा सात व्यक्तिको मृत्यु भएको छ ।

प्रायः व्यक्तिहरु रुख ढलेको र ती ढलेको रुखहरुले किचेर मृत्यु भएको बताइएको छ।

यस आँधीको कारण तटीय क्षेत्रको समुद्रमा माछा मार्ने डुङ्गाहरु समेत सबै उडाएको भारतका रक्षामन्त्री निर्मला सिथारमानले बताउनु भएको छ।

हराउने अधिकांश नागरिक माछामार्न समुद्रमा गएका थिए। उनीहरु धेरैजसो व्यवसायिक मछुवा रहेका बताइएको छ।

शुक्रबार बिहानीपख यसको प्रभाव धरै देखिएको थियो। बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि भीषण बर्षाले गर्दा यति ठूलो संख्यामा नागरिक हताहत र बेपत्ता भएका प्राप्त समाचारमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.