कांग्रेसले चुनाव हारे जनताले दुः ख पाउँछन् : देउवा

कांग्रेसले चुनाव हारे जनताले दुः ख पाउँछन् : देउवा

अछाम : नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको संस्थागत विकास गरी कसैले खोस्न नसक्ने लोकतन्त्र स्थापित गर्न नेपाली कांग्रेसले जित्नुको विकल्प नरहेको बताएका छन्।

कांग्रेसकै नेतृत्वमा प्राप्त भएको लोकतन्त्र बचाइराख्नका लागि पनि यस चुनावमा कांग्रेसले जित्नुको विकल्प नरहेको औँल्याउदै देउवाले जनता देशको मालिक भइराख्ने कि एकदलीय कम्युनिस्ट शासन लागु गर्न दिने भन्ने बारेमा जनताले गम्भीर भएर सोच्ने बेला आएको बताए।

नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ ले साँफेबगरमा र क्षेत्र नम्बर २ ले सदरमुका मंगलसेनमा शुक्रबार गरेको छुट्टाछट्टै चुनावी सभालाई सम्बोधन गर्दै देउवाले उक्त कुरा बताएका हुन्।

जनताको ठूलो त्याग र बलिदानीबाट प्राप्त भएको संविधान सभाबाट बनेको संविधान खारेज गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउँदै देउवाले कम्युनिस्टले जितेमा देशमा एक दलीय कम्युनिस्ट शासन लागु हुने र त्यसबाट संविधान र लोकतन्त्र खतरामा पर्ने बताए।

‘स्थायी लोकतन्त्र र स्थायी संविधान बनाउनका लागि कांग्रेसलाई मत दिएर जिताउनुहोस्’, सभापति देउवाले भने, ‘यदि कांग्रेसले चुनाव हारेमा जनताले पनि दुःख पाउँछन्, लोकतन्त्र पनि खतरामा पर्छ।’ कम्युनिस्ट शासन लागु भएका देशमा चुनाव पनि कहिलै नुहुने भन्दै देउवाले कुनै पनि हालतमा कम्युनिस्टले जित्न नहुने बताए।

‘कांग्रेसले जितेमा फेरि पनि म नै प्रधानमन्त्री हुँ’, देउवाले भने, ‘यति बेला भोट दिएर कांग्रेसलाई जिताउनुहोस् प्रधानमन्त्री भएपछि जे–जे विकास माग्नु हुन्छ सबै दिन तयार छु।’ कांग्रेसले जितेमा प्रधामन्त्रीलाई गाली गर्न पाउने अधिकार पनि जनतामा सुरक्षित हुने भन्दै देउवाले कम्युनिस्टले जिते भने तानाशाह लागु हुने आरोप समेत लगाए।

उनले सिलगडी मंगलसेन, साँफेबगर मार्तडी सडक, बुढीगंगा जलविद्युत, साँफेबगर बिमानस्थल कालोपेको काम कांग्रेसकै सरकारका पालमा भएको बताए। जिल्लाको थप विकासका लागि कांग्रेसका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे। साँफेबगरमा भएको सभामा क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवारसमेत रहेका जिल्ला पार्टी सभापति भरतकुमार स्वार, प्रदेशसभा (क) का उम्मेदवार मेघराज खडका, प्रदेशसभा ख २ का उम्मेदवार टेकबहादुर साउद, धनगढी उपमहानगरपालिकाका मेयर नृप वडलगायतले मन्तव्य राखेका थिए।


यस्तै मंगलसेनको सभामा क्षेत्र नम्बर २ का प्रत्यक्षतर्फका उम्मेदवार पुष्पबहादुर शाह, प्रदेशसभा (क)का उम्मेदवार सुरतबहादुर बिष्ट तथा प्रदेशसभा (ख)का उम्मेदवार बलबहादुर कुँवरले मन्तव्य राखेका थिए।

अछामको साँफेबगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिर : शिवराज खत्री


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.