सगरमाथाको काखमा उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले हिमालयन ट्रष्टले पुनःनिर्माण गरेका १५ विद्यालय भवन हस्तान्तरण गर्ने क्रममा सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गरेका छन्। भूकम्पले भत्काएका सोलुखुम्बुका विद्यालयका पुनःनिर्मित भवनको खुम्जुङमा हस्तान्तरण गर्नुअघि उपराष्ट्रपतिले लुक्ला र त्याङबोचेको अवलोकन भ्रमण गरे। त्याङबोचेबाट विश्वको अग्लो शिखर सगरमाथा र अर्को अग्लो हिमाल आमाडब्लमको काखमा पर्दछ।