आर्मीलाई काँकडभिट्टा गोल्डकप

आर्मीलाई काँकडभिट्टा गोल्डकप

काँकडभिट्टा : त्रिभुवन आर्मी क्लबले झापाको काँकडभिट्टामा आयोजना भएको मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि जितेको छ । शुक्रबार काँकडभिट्टा माविको खेलमैदानमा भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३–२ गोलले हराउँदै आर्मीले उपाधि चुमेको हो ।

आर्मीले मनाङलाई टाइब्रेकरमा हराउँदै उपाधि जितेको हो । उपाधिसँगै आर्मीले नगद आठ लाख एक हजार पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको मनाङले चार लाख एक हजारमा चित्त बुझायो ।

यो उपाधिसँगै आर्मीले यो सिजन तीन वटा गोल्डकप जितेको छ । आर्मीले वीरगन्जको विशाल मेमोरियलसँगै झापाकै सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको थियो ।

शुक्रबार निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसकेपछि अन्तिम निर्णयका लागि टाइब्रेकरको सहारा लिनु परेको थियो । टाइब्रेकरमा मनाङका अनिल गुरुङ, विमल बस्नेत, कमल श्रेष्ठ, हेमन गुरुङ र नीराजन मल्लले पेनाल्टी प्रहार गरेका थिए । अनिल, कमल र नीराजनको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाएका थिए ।

आर्मीका नवयुग श्रेष्ठ, जितेन्द्र कार्की, सन्तोष तामाङ, पदम तामाङ र विवेक बस्नेत पेनाल्टी हानेका थिए । जितेन्द्र र पदमको प्रहार मनाङका गोलरक्षक दिनेश थापामगरले रोकेका थिए । शुक्रबारको खेलको म्यान अफ दी म्याच आर्मीका विकास खवास घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

त्यसैगरी राइजिङ प्लेयरको उपाधि काँकडभिट्टा फुटबल क्लबका भूषण राई घोषित भए । उनले नगद २० हजार प्राप्त गरे । यसैगरी उत्कृष्ट गोलरक्षकको उपाधि आर्मीका विकेश कुथु घोषित भए । उनले पनि २० हजार नगद पुरस्कार हात पारे ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता आर्मीका दिनेश हेनजन बने । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट मिडफिल्डरको उपाधि मनाङका विशाल राईले जिते । उनले नगद २० हजार प्राप्त गरे । मनाङका गोलरक्षक दिनेश थापामगर ५१ हजार पुरस्कारसहित प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । आर्मीका भरत खवास वेस्ट स्ट्राइकर र मनाङका प्रशिक्षक नवीन न्यौपाने प्रशिक्षक घोषित भए । उनीहरूले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।

मंसिर ६ गतेबाट सुरु भएको प्रतियोगितामा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसहित झापा–११, रूपन्देही–११, मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, सुदूरपश्चिम–११ र भारत कोलकाताको सुभाषचन्द्र ब्वाइज क्लबको सहभागिता रहेको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्ट तथा मेची नेत्रालयका निर्देशक डा.शरदचन्द्र प्रकाश राईले पुरस्कार प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.