कवि त्रयोदशको आरोहण

कवि त्रयोदशको आरोहण

 

म जहिले पनि विचार गर्छु- संयुक्तको बल शक्तिशाली हुन्छ । काँधहरू मिले भने ठूल्ठूला काठका सत्तरी जुरुक्कै उचालिन्छ । होस्टेमा हैंसे गरेर विशाल पत्थर खुरुक्कै घचेटिन्छन् । म सोच्थँे— साहित्यको कुनै एउटा विधालाई संयुक्त कलमले लेख्यो भने कस्तो होला ? कसरी भिन्न मानिसका विशृंखलित भाव एकीकृत बनेर प्रस्फुटन होला ? एकजना सर्जकबाट त राम्रा कृति तयार हुन्छन् भने संयुक्त कृतिको स्तर कस्तो होला ?

Bhuwanhari-Sigdelमेरो दिमागमा यस्ता विचार कुल्मुलाएको तीनचार वर्ष अघिदेखि नै हो । यसका लागि कुन विधा समेट्नु उचित हो ? कसरी आरम्भ र समापनसम्मको यात्रा सम्भव हुन्छ ? मनले मनमनै पक्का गर्‍यो— विधा छनोट गर्दा उपन्यासमा या महाकाव्य नै उचित हुन्छ । साथीसँगको विचार, विमर्श र मन्थनपछि संयुक्त विधा छान्दा महाकाव्य नै उचित हुने राय प्राप्त भए।

यही उद्देश्यका लागि तीन वर्षअघि एउटा मोर्चा गठन भएर काम आरम्भ गरियो पनि तर बीचैमा विचार र उद्देश्यका तगारा तेर्सिन आए । आपसमा हठधर्मी विचार प्रकट हुन थाले । विचार बाझेपछि अभियानलाई गन्तव्यमा पुर्‍याउन सकिन्न नै । त्यो प्रयास विफल भयो । त्यसैलाई हामीले पाठको रूपमा लियौं ।

यसबाट ज्ञान हासिल गरेका हामी छजना कवि क्रमश: प्रा. गोपीकृष्ण शर्मा, ठाकुर शर्मा भण्डारी, डा. लेखप्रसाद निरौला, नारायणप्रसाद पोखरेल, नारायण निराशी र मैले फेरि नयाँ मोर्चा तयार गर्ने निधो गर्‍यौं । यिनै प्रसंगमा विस्तारित कथा-अंशमा सर्ग लेखकका स्थानमा प्रा. राजेन्द्र सुवेदी, रमेश शुभेच्छु, डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, श्रीहरि फुयाल, डा. जीवन अधिकारी, प्रकाश चापागाईंलाई हामीले आह्वान गर्‍यौं । उहाँहरूले सहर्ष यात्रामा साथ दिनुभयो । त्योभन्दा पहिले नेपालीपन, नेपाली समाजको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने घटना, समसामयिक विषय, त्यसको आधारभूमि महाकाव्यको केन्द्रीय कथ्यमा जोड्न र सशक्त घटना र क्षेत्रको निरूपण गर्न जरुरी देखियो ।

अब हामीले निक्र्योल गर्‍यौं— यस्तो प्राकृतिक विपत्तिको घटना जसले १९९० पछि २०७२ सालमा आएर आफ्नो रौद्र रूप देखायो । त्यो थियो २०७२ वैशाख १२ गते गएको महाभूकम्प । यसको केन्द्र थियो गोर्खाको बारपाक क्षेत्र । गोर्खाकै उत्तरपूर्वमा रहेको मसेल गाउँ । यसैलाई आधार मानेर हामीले एउटा कथा बनायौं । कथाभित्र उपकथा जोड्यौं । नेपाल नामले मात्र विश्वका धेरै मुलुकले हामीलाई नचिन्न सक्छन् तर गोर्खा नामलाई सायदै कसैले भुल्न सक्छ । नेपालको पहिचानलगत्तै विम्बित हुने नाम नै गोर्खा, लुम्बिनी र सगरमाथा हुन् । यिनै आधार र घटना परिघटनाका कारणले यो महाकाव्यको केन्द्रीय कथ्य हामीलाई गोर्खा नै बनाउन उचित लाग्यो ।

हरेक मानिस युगौंयुगदेखि पर्याय, विम्ब र प्रतीक बनेर चिनिएको हुन्छ । त्यसैमा बाँचेको हुन्छ । यस्तै अस्तित्व चिनाउन हाम्रो प्रकृति, पूर्वजका गाथाले बनाएका विम्बहरूमा गाँसिँदै आएपछि मात्रै वर्तमानको परिचय बनेको हुन्छ । नेपाली भनिनका लागि प्रथमत: नेपाल हुनु पर्‍यो । नेपाल चिनाउन सगरमाथा बुद्ध, वीर गोर्खाको इतिहास विम्ब बनेर आउनुपर्‍यो । यिनै विम्बको समष्टिमा मात्र नेपाली भनेर चिनिन्छ । नेपालीको अस्तित्व कायम भएपछि भाषा, संस्कृतिसँग सम्बन्धित जातजाति, धर्म वर्ण, लिंग, बहुल मान्यतामा विस्तिर्ण भई सबैको एकाकर अस्तित्वले नै नेपाली भन्ने परिचय दिने भयो ।

छन्दमा लेखिएको महाकाव्य पढ्ने पाठकको जमात ठूलो छैन । त्यो लगानी भोलि गएर उठ्ला नउठ्ला, लगानीकर्तालाई धुकचुक नै हुन्छ । तथापि शिखा बुक्सले यो काव्यले बोकेको ऐतिहासिक महत्वलाई बुझेर यसको पूरै दायित्व उठाइदियो ।

महाकाव्यका हाम्रै प्राचीन पूर्वीय मान्यताका सिद्धान्त र सीमा छन् । त्यसको ज्ञान हामी तेह्रैजना कविलाई छ पनि । किनभने हामीमध्ये धेरैले यसअघि नै महाकाव्य लेखन र प्रकाशन गरिसकेका छौं । हामी सबै नै छन्द र भाषा व्याकरणमा सचेत छौं । हामीलाई थाहा छ, महाकाव्यलाई उचाइ दिन विषयको व्याप्ति अनिवार्य मानिन्छ ।

जीवन र जगत्का सूक्ष्मतम पक्षलाई समेटेर विभिन्न रस र अलंकारयुक्त भाषा, वाक्य वाक्यांशले चमत्कारी अर्थ सम्प्रेषण गर्नु महाकाव्यका अपरिहार्य सामग्री मानिन्छन् । कथाको बुनोट र नायकत्व लिने पात्रका गुण, लक्षण र योग्यता पनि निर्धारित छन् । साहित्य लेखिएपछि सिद्धान्त बनेका हुन् । सिद्धान्त बनेर साहित्य लेखिएका होइनन् । यो महाकाव्यमा पनि केही आधार पूर्वीय भूमिको लिएर समसामयिकतामा बढी जोड दिने नीति अवलम्बन गर्ने विषयमा हामी सबैको मत मिल्यो ।

काव्य सिद्धान्तभित्रका अनेकौं लक्षण जान्दाजान्दै पनि त्यसलाई वर्तमान समय र सामाजिक मान्यतालाई हुबहु त्यही साँचोमा काव्यलाई ढाल्न सकिन्न । प्रश्न उठ्नसक्छ, यसलाई महाकाव्य नै किन बनायौ त ? आख्यान लेखेको भए पनि हुन्थ्यो नि । यसभित्र दुईचार कुरा मननीय छन् । पहिलो त छन्द परम्परा हाम्रो ज्यादै पुरानो परम्परा हो । यो संगीतमय, गीत्यात्मक र रसात्मक हुन्छ । यो परम्परा दक्षिणपूर्वी एसियाकै सभ्यतासँग गाँसिएको संस्कृति हो ।

यो परम्परा भारतले पनि जोगाउन सकेन तर नेपालमा बचेको र मौलाएको छ । यो सानो गर्वको कुरा होइन । जापान आदि देशले जोसँग बचेका ८÷१० वटा छन्दलाई हाम्रो प्राचीन संस्कृति भनेर आफ्ना परिचय विश्वसामु दिइरहेका छन् । हामी नेपालीले अन्य देशसँग किन लज्जित हुनुपर्ने जोसँग अनेक छन्द र लोकछन्दहरू सुरक्षित छन् । हामीले छन्द र लोकलय परम्परालाई अविछिन्न किन गर्दै नजाने ? यस्तै कारणले पनि यो विधा उठाउने हामीहरूको सहमति भयो ।

हाम्रो सर्गगत लेखन सुरु भयो । छन्दमै तोकिएको कथासीमाभित्र सर्ग लेख्नुपर्ने, छन्द र व्याकरणगत मानक भाषामा काव्य लेख्नुपर्ने, काव्यवाणी दिँदै समुचित र लौकिक बोध्य भाषामा काव्य लेख्नु चानचुने चुनौती होइन भन्ने म ठान्दछु । तथापि हामीले यो परीक्षा दिएका छौं ।

यो काव्यमा विनाशबाट निर्माणतिरको यात्रा छ । अन्धकारबाट उज्यालोतिर, मृत्युबाट जीवनतिर, आफ्नो र लोकको कल्याणतिर यात्रा अघि बढेको छ । ठूलो समूह साथ यदि हामी कुनै यात्रा गर्दैछौं भने साथीको अवस्था, विचार, धारणजन्य मनोविज्ञान बुझ्नैपर्छ । कसैको विचार फाट्न गयो भने, सिद्धान्त बाझ्न गयो भने त्यो यात्रा सुखद हुँदैन । यस्तै कारणले हाम्रो सुरुको मोर्चा बिथोलिएको थियो । यो काव्य लेखनभर हामीलाई त्यो घटनाले पाठ सिकायो । तेह्रजनाका तिनै इतर योग्यता र ल्याकतका कारण यो काव्य लेखन पूरा भयो । हाम्रो सिद्धान्त रह्यो, ‘आफू भलो त जगत् भलो ।’
हामी सबैले आफू भलोको मार्गलाई अनुसरण गर्‍यौं । हाँसीखुसी यात्राको गन्तव्यतिर लाग्यौं ।

यो महाकाव्यमा बुनिएको कथाले देशको, श्रमको, साझा भावनाको र तिनै विम्बका गीत गाउँछ । मानवीय संवेदनासँग गाँसिएको कथा हुनाले यसले गोर्खा घुमाउँछ । बहादुर गोर्खाको परिचय, युद्धविभीषिकाको परिणाम र परिणति बेकार हुन्छ भन्ने सन्देश बर्मा युद्धको निरर्थकताले गराइरहँदा हामीले हाम्रो वीरतालाई आफ्नो पौरखमा बदल्न नसकी अरूका पुतली, गोटी बन्यौं कि भन्ने ग्लानि उत्पन्न गराउँछ । हामी सबैको भावना र विचारले खेल्न पाउने गरी यति ठूलो आँगन तयार गरेका हौं ।

यो महाकाव्य हाल नेपालमा स्थापित कविका कलमले लेखिएको र नवीनतम प्रयोग पनि हो । यो २० सर्गमा विस्तारित छ । यसमा २० वटा छन्द नै प्रयोग गरिएका छन् । प्रा.डा. वासुदेव त्रिपाठी तथा प्रा. घनश्याम कँडेलको सम्मति यसमा समावेश गरिएको छ । यसको सफलता असफलता भन्ने कुरा समयको कसीमा घोटिँदै पाठकवृन्दमा सम्प्रेषित हुँदै आउनेछ भन्ने कुरामा हामी आशावादी छौं ।

छन्दमा लेखिएको महाकाव्य पढ्ने पाठकको जमात ठूलो छैन । त्यो लगानी भोलि गएर उठ्ला नउठ्ला लगानीकर्तालाई धुकचुक नै हुन्छ । तथापि शिखा बुक्सले यो काव्यले बोकेको ऐतिहासिक महत्वलाई बुझेर यसको पूरै दायित्व उठाइदियो ।

१३ कविको संयुक्त महाकाव्य ‘आरोहण’ सार्वजनिक


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.