तनहुँमा कांग्रेस नेता पौडेलको घरमा बम विस्फोट
दमौली : तनहुँ प्रदेस २(१) का प्रदेशसभा सदस्य उमेदवार एवं नेपाली कांग्रसका केन्द्रीय सदस्य प्रदीप पौडेलको घरमा शनिबार बिहान बम विस्फोट भएको छ । विस्फोटबाट कुनै क्षति भने भएको छैन।
शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ८ मा रहेको पौडेलको घरमा गरिएको विस्फोटमा सामान्य पटका प्रयोग भएको पाइएको प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले बताए । 'तर्साउने हिसाबले पटका पड्काइएको हुनसक्छ,' उनले भने । घटनास्थलमा कागज र बारुदका टुक्रा भेटिएको प्रजिअ शाक्यले बताए।
घरमा पौडेलकी फूपू बस्दै आएकी थिइन् । उम्मेदवार पौडेलले चुनाव बिथोल्ने मानसिकताका साथ विस्फोट गराइएको भन्दै यसबाट कोहि विचलित नहुन आग्रह गरे ।