चुनावको मुखमा राज्यमन्त्रीको पद खुस्कियो

चुनावको मुखमा राज्यमन्त्रीको पद खुस्कियो

काठमाडौं : पहिलो चरणको चुनाव सम्पन्न भएको र दोस्रो चरणको चुनावको मुखमा उद्योग राज्यमन्त्री रेशमबहादुर लामाको पद खुस्किएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले पार्टी महामन्त्रीसमेत रहेका लामालाई पार्टीबाट निष्कासन गर्दै राज्यमन्त्री पदबाट समेत मुक्त गर्न सरकारलाई सिफारिस गरेका छन् ।

उद्योग राज्यमन्त्री लामाले पार्टी हित र लोकतान्त्रिक गठबन्धन विपरित काम गरेकोको भन्दै अध्यक्ष राणाले लामालाई कारबाही गरेका हुन् ।

राणाले नेपालको संविधान २०७२ को धारा २९८ को उपधारा ९ बमोजिम उद्योग राज्यमन्त्रीको पदबाट समेत मुक्त गर्न सरकारलाई सिफारिस गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.