१३ कविको संयुक्त महाकाव्य ‘आरोहण’ सार्वजनिक
काठमाडौं : नेपाली महाकाव्यको इतिहासमा पहिलोपटक १३ जना कविहरूद्वारा लिखित संयुक्त महाकाव्य ‘आरोहण’ राजधानीस्थित राष्ट्रिय नाचघरमा शुक्रबार लोकार्पण गरिएको छ ।
महाकाव्यका रचनाकारमा गोपीकृष्ण शर्मा, राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुर शर्मा भण्डारी, श्रीहरि फुयाँल, प्रकाश चापागाईं, जीवन अधिकारी, नारायणप्रसाद पोखरेल, रामप्रसाद ज्ञवाली, लेखप्रसाद निरौला, देवी नेपाल, रमेश शुभेच्छु, नारायण निरासी छन् । प्रा.डा.वासुदेव त्रिपाठीले महाकाव्यको लोकार्पण गरेका हुन् ।
कवि भुवनहरि सिग्देलले आरोहण महाकाव्यको रचनागर्भ र प्रा.राजेन्द्र सुवेदीले सामूहिक लेखनको औचित्यबारे प्रष्ट पारेका थिए । त्यस्तै, पुस्तकबारे टिप्पणी प्रा.ठाकुर पराजुलीले गरेका थिए भने विभिन्न कविहरूले काव्यांश वाचन पनि गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !
८