कोरियामा डुंगा पल्टिदाँ सातको मृत्यु

कोरियामा डुंगा पल्टिदाँ सातको मृत्यु

दक्षिण कोरिया :  दक्षिण कोरियाको राजधानी सउल नजिकैको इन्छन समून्द्रमा आइतबार बिहान माछा मार्ने डुंगा दुर्घटनामा परेको छ । डुंगा दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । दुर्घटनामा उद्धार गरिएका मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । डुंगामा दुर्इ जना चालकसहित २२ जना सवार रहेको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् ।

इन्छनको यङहुङ पुल नजिकैको समून्द्रमा तेल बोकेको ट्याङ्करसँग ठोक्किएर डुङ्गा दुर्घटनामा परेको बताइएको छ । घटना बिहान छ बजेर १२ मिनेट जादाँँ भएको तटरक्षकले बताएका छन् ।

उद्वा र बेपत्ताको खोजी कार्यका लागि चार वटा हेलिकोप्टर र १४ वटा डुङ्गा प्रयोग गरिएको छ । उद्वार कार्य अहिले पनि जारी छ ।

Image may contain: one or more people, ocean, outdoor, water and nature


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.