निर्वाचनमा बहुमत आउने कांग्रेसको दावी

निर्वाचनमा बहुमत आउने कांग्रेसको दावी

काठमाडौं: नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दावी गरेको छ। आइतबार पार्टीको प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसले आफ्नो बहुमत आउने दावी गरेको हो।

कांग्रेसको प्रचार प्रसार समितिका संयोजक बालकृष्ण खाँणले जनता लोकतन्त्रका पक्षमा भएकाले कांग्रेस पहिलो पार्टी बन्ने बताए। उनले भने, 'लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो, जनता यसको विकल्प सोच्न पनि सक्दैनन्। कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ भन्नेमा जनता राम्रोसंग जानकार छन्।'

कांग्रेस नेता खाँणले मंसिर २१ गते हुने १२८ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ७० सिटमा विजयी हाँसिल गर्ने दावी गरे। उनले भने समग्रमा कांग्रेसले बहुमत ल्याउँछ। संविधानको मर्म विपरीत वामगठबन्धन बनेको जिकिर गर्दै उनले कम्यूनिष्ट व्यवस्थाको सपना नदेख्न गठबन्धनलार्इ सुझाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.