बाँदरमुढे घटनाका पीडित र प्रचण्डले गरे प्रतिबद्धतापत्रमा हस्ताक्षर

बाँदरमुढे घटनाका पीडित र प्रचण्डले गरे प्रतिबद्धतापत्रमा हस्ताक्षर

चितवन : चितवनको बाँदरमुढे घटनाका पीडित र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्।

आइतबार चितवनको माडीमा आयोजित कार्यक्रममा पीडित र अध्यक्ष प्रचण्डले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्। यद्यपी उक्त प्रतिबद्धतापत्रमा पीडित ७२ परिवार मध्ये पाँच जनाले मात्र हस्ताक्षर गरेको पीडितको पक्षबाट हस्ताक्षरकर्ता हरी न्युरेले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार २९ जना पीडितले मौखिक सहमति जनाएका छन्।

सहमतिपत्रमा पीडितलाई राहत र माडी क्षेत्रको विकासका लागि विभिन्न योजना समेटिएका छन्।

के हो बाँदरमुढे घटना ?
चितवनको माडीस्थित बाँदरमुढेमा बसमा यात्रारत ३८ जनाको मृत्यु र ७५ जना घाइते हुने गरी भएको बम बिस्फोट भएको क्षेत्र हो। माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते विहान पौने ८ बजे बाँदरमुढे खोलामा विद्युतिय धरापविस्फोट भएको थियो । यो घटनाका कारण तत्कालीन समयमा प्रचण्ड र माओवादीको चर्को आलोचना भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.