निर्वाचनको सबै तयारी पूरा: आयोग

निर्वाचनको सबै तयारी पूरा: आयोग

काठमाडौँ: प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजनीतिक दल र उम्मेदवारबीच देखिएको हार्दिकताले शान्ति सुरक्षा कायम गर्न सकारात्मक योगदान पुगेको बताएका छन्।

निर्वाचन आयोगमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले यही मंसिर २१ गते दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, “निर्वाचनका लागि शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति आयोगले प्राप्त गरेको, मतदाताहरू पूर्ण सुरक्षित साथ मतदान गरेर घर फर्कने वातावरण रहेकाले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा मतदान सम्पन्न हुनेमा आयोग विश्वस्त छ।”

दोस्रो चरणमा यही मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १५ हजार ३४४ मतदान केन्द्र कायम गरिएको छ।
प्रमुख आयुक्त डा. यादवले सोमबार राति १२ बजेदेखि सुरु हुने मौन अवधिमा दल, उम्मेदवार, मतदाता, सञ्चार माध्यमलगायत सम्बद्ध सबैलाई निर्वाचन आचारसंहिता पूर्णरूपले पालना गर्न आग्रह गरे।

२१ गते मतदान सम्पन्न भएपछि पहिलो चरणमा मतदान भएका ३२ जिल्लामा मतगणना कार्य सुरु हुनेछ भने दोस्रो चरणमा मतदान भएको जिल्लामा सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन भएपछि सुरु हुने जानकारी दिए।

प्रमुख आयुक्त डा. यादवले दोस्रो चरणको निर्वाचनका लागि मंसिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

दोस्रो चरणको प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्र्फ एक हजार ६६३ तथा प्रदेशसभा सदस्यतर्फ दुई हजार ८१९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। आगामी निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आयोगले जनाएको छ ।

पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लामा २१ गते साँझ ५ बजेपछि मतगणना प्रारम्भ हुनेछ भने दोस्रो चरणमा निर्वाचन भएका जिल्लामा मतपेटिका संकलन भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले राजनीतिक दल र उम्मेदवारसँग परामर्श गरेर समय निर्धारण गर्नुहुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.