अझै हटाएनन् दलहरुले प्रचार सामग्री

अझै हटाएनन् दलहरुले प्रचार सामग्री

चरीकोटः निर्वाचन सकिएको साता दिन बितिसक्दा पनि दलहरुले आफ्नो प्रचार सामग्रीहरु अझै हटाएका छैनन्। निर्वाचन आचारसंहिता विपरीत सदरमुकाम चरीकोट लगायत जिल्लाका विभिन्न भागमा टाँगिएको प्रचारप्रसार सामग्रीहरु नहटाउँदा बजार नै कुरुप बनेको छ।

सदरमुकाम चरीकोटको सातदोबाटोको भित्ता भरी पोष्टरहरु टाँसिएका छन् भने बजारको बीच भागमा तुल ब्यानर झुण्ड्याइएका छन्। निर्वाचन आचारसंहिता अनुसार मौन अवधि सुरु भएपछि दलहरुले प्रचार सामग्रीहरु हटाउनुपर्ने प्रावधान छ।

पर्यटकीय नगरीको रुपमा विकास हुँदै गएको सदरमुकाम चरीकोटमा दलका प्रचार प्रसार सामाग्रीहरुले आन्तरीक र बाह्य पर्यटकहरुलाई नकारात्मक सन्देश जाने दोलखा उद्योग बाणिज्य सघंका सदस्य नारायण ठकुरीको भनाइ रहेको छ। उनले नगरपालिकाले व्यवसायीहरुले सटर नजिकै सामग्री राख्दासमेत हटाउने गरेकोमा दलहरुले राखेको तुल ब्यानर नहटाएकोप्रति असन्तुष्टि जनाए। उनले भने, ‘प्रचार सामग्रीहरुले बजारको सौन्दर्य नै गुमाएको छ, अरुलाई ज्ञान सिकाउने दलहरु नै अहिले बजारलाई कुरुप बनाइरहेको छ।'

निर्वाचन सकिएको लामो समयसम्म पनि दोलखामा राखिएको निर्वाचन सामग्रीहरु नहटाउँदा सम्बन्धित निकायको ध्यान जान नसकेको नागरिक समाज दोलखाका संयोजक मास्केले गुनासो गरे।

नेपाली कांग्रेस दोलखा क्षेत्र नम्वर १ बाट प्रदेश सभाको उम्मेदवार बनेका केशवराज चौलागाईले भने सदरमुकाम चरीकोटमा टाँगिएको प्रचारसामग्रीहरु तत्कालै हटाउने बताए। उनले आफ्ना नेता तथा कार्यकर्ताहरु निर्वाचन लगत्तै दोश्रो निर्वाचन प्रचारप्रसारको लागि विभिन्न ठाउँमा खटिएको कारण तत्कालै हटाउन नसकिएको स्पष्ट पारे। यता वामगठबन्धनबाट क्षेत्र नम्वर १ का उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता बिशाल खड्काले आफूरुले राखेको प्रचार सामाग्रीहरु आफैले हटाउने प्रतिक्रिया दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.