आज अन्तिम प्रचार

आज अन्तिम प्रचार

 

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणमा हुन लागेको निर्वाचनका लागि राजनीतिक दलहरूले सोमबार मात्रै चुनावी प्रचार गर्न पाउनेछन् । सोमबार मध्यरातबाट प्रचार गर्न नपाउने भएका कारण निर्वाचन लडेका प्रमुख दलका शीर्ष नेताहरू आफ्नै क्षेत्रका कार्यक्रममा सहभागी हुँदै छन् ।

कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षहरू दोस्रो चरणमै उम्मेदवार छन् । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा, एमाले अध्यक्ष केपी ओली झापा ५ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन ३ बाट प्रतिस्पर्धामा छन् । यीमध्ये देउवा र दाहालले चुनाव प्रचारको अन्तिम दिन पनि आफ्नै क्षेत्रमा चुनावी कार्यक्रम बनाएका छन् भने ओली उपत्यकाभित्रका कार्यक्रममा सहभागी हुँदै छन् ।

देउवा सोमबार दिनभर गृहजिल्ला डडेल्धुराको चुनावी कार्यक्रममा सहभागी हुने कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले जानकारी दिए । केही दिन यता सुदुरपश्चिमका चुनावी कार्यक्रममा व्यस्त रहेका देउवाले शनिबार र आइतबार दिनभरि कैलाली-कञ्चनपुरका चुनावी कार्यक्रममा सहभागिता जनाएका थिए । उनले यहीबीच डोटी र अछामका कार्यक्रम पनि भ्याएको खाँणले बताए ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली भने प्रचारको अन्तिम दिन पनि आफ्नो निर्वाचन क्षेत्रमा हुने छैनन् । उनी उपत्यकाकै चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । ओली सोमबार बिहान काठमाडौं क्षेत्र ३ र दिउँसो भक्तपुर क्षेत्र २ को कार्यक्रममा सहभागी हुने छन् ।

विराटनगर र चितवन ३ अन्तर्गत पर्ने माडीको चुनावी सभामा आइतबार सहभागी भएका ओलीले आफ्नो क्षेत्रको प्रचारका कार्यक्रम सिध्याइसकेका छन् । उनी मंगलबार मात्रै झापा पुग्नेछन् तर सोही दिन उनको काठमाडौं फर्कने कार्यक्रम छ । ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने भएकाले आफ्नो क्षेत्रमा हुने छैनन । उनले आइतबार र सोमबार विभिन्न मिडियालाई पनि समय छुट्याएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल भने चुनाव प्रचारको अन्तिम दिन पनि आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछन् । उनलाई त्यहाँका चुनावी कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामबहादुर थापाले पनि सहयोग गर्नेछन् । थापा पनि तीन दिनयता चितवनमै केन्द्रित छन् । थापा सोमबार चितवन महानगरको वडा नम्वर १६, २६ र २२ का चुनावी कोणसभा, कार्यकर्ता भेटघाटलगायतमा सहभागी हुनेछन् ।

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि आफ्नै निर्वाचन क्षेत्र केन्द्रित हुँदै छन् । नेपालले सोमबार बिहान कागेश्वरी मनोहरा ७ मा घरदैलो कार्यक्रम राखेका छन् भने दिउँसो कोटेश्वरमा चुनावी सभाको कार्यक्रम राखेका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँकै चुनावी कार्यक्रममा हुनेछन् । कांग्रेसले तनहुँको दमौलीमा सोमबार चुनावीसभा आयोजना गरेको छ । कांग्रेस नेता डा. रामशरण महत, नेता बालकृष्ण खाँण भने बुटवल र भैरहवाको चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.