चपलीहाइट विस्फोटका ११ घाइतेको यस्तो छ अवस्था

चपलीहाइट विस्फोटका ११ घाइतेको यस्तो छ अवस्था

काठमाडौं : बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित चपली हाइटमा सोमबार बिहान भएको विस्फोटमा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापासहित ११ जना घाइते भइका छन्। चुनावी घरदैलोका क्रममा भएको विस्फोटमा उम्मेदवार थापाको कान र ढाडमा चोट लागेको छ।

त्रिवि शिक्षण अस्पतालमा उपचार गरी उनलाई आरामका लागि अस्पतालबाहिर पठाइएको छ भने अन्य घाइतेको पनि शिक्षण अस्पतालमा नै उपचार भइरहेको छ। घरदैलोका क्रममा बिहान करिब १२ बजेर ५ मिनेटमा विस्फोट भएको प्रहरीले जनाएको छ। उम्मेदवार थापासहितका घाइतेलाई बमको छर्रा लागेको छ। थापाको शरीरबाट तीन छर्रा निकालिएको छ।

विस्फोटमा घाइते भएका २८ वर्षीय जयराज लामिछाने र ३२ वर्षीय रेणु बरुवालको दुबै खुट्टामा चोट लागेको छ। ४० वर्षीय श्यामकृष्ण श्रेष्ठ र २५ वर्षीय राजकाजी श्रेष्ठको दाहिने खुट्टामा चोट लागेको छ। ३० वर्षीय सुमन खड्काको पनि दाहिने खुट्टामा चोट छ। ४० वर्षीय ध्रुव खड्काको दाहिने हातमा चोट लागेको छ। ४३ वर्षीय पूर्णबहादुर श्रेष्ठको दाहिने हातमा चोट छ। ४४ वर्षीय रवीन्द्र कार्कीको निधारमा चोट छ। ४० वर्षीय कालीलाल श्रेष्ठ र ४० वर्षकै पार्वती श्रेष्ठको अवस्था समान्य छ।

सम्बन्धित समाचारहरू


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.