ट्रम्पको यात्रा प्रतिबन्ध सर्वोच्चद्वारा सदर

ट्रम्पको यात्रा प्रतिबन्ध सर्वोच्चद्वारा सदर

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि विभिन्न छ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको यात्रा प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरेको छ । मुस्लिम देशहरूमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिको यसअघि व्यापक मात्रामा विरोध भएको थियो ।

उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न नमिल्ने आदेश यसअघिको अदालतले दिएको थियो । सर्वोच्च अदालतको सोमबारको आदेशले राष्ट्रपति ट्रम्पको उक्त निर्णयलाई सदर गरिदिएको छ ।

उक्त निर्णयबमोजिम अब ती मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन सकिने भएको हो । अदालतले दिएको आदेशमा राष्ट्रपति ट्रम्पले लगाएको यात्रा प्रतिबन्ध पूर्ण रूपमा कार्यान्वयन गर्न पाउने गरी खुला गरिएको छ । मुस्लिम बाहुल्य देशहरू सोमालिया, सिरिया, यमन, चाड, इरान, लिबियाका नागरिकविरुद्ध राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेश गर्न नपाउने गरी यात्रा प्रतिबन्ध लगाएका थिए ।

सोमबार सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरूले ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्धमाथि रोक लगाउने तल्लो अदालतको निर्णयलाई खारेज गरिदिएका छन् । सर्वोच्चका ९ मध्ये ७ न्यायाधीशले उक्त प्रतिबन्धको पक्षमा फैसला दिएका हुन् । क्यालिफोर्नियाको सान फ्रान्सिस्को र भर्जिनियाको रिचमन्ड संघीय पुनरावेदन अदालतहरूले राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्धसम्बन्धी नीति ठीक नभएको बताएका थिए ।

यसैबीच सर्वोच्च अदालतको यस पछिल्लो कानुनको विभिन्न क्रिया प्रतिक्रियाहरू आइरहेका छन् । मुसलमान देशहरूमाथि लगाउने पछिल्लो यात्रा प्रतिबन्धले पुर्‍याउने कानुनी लाभ र त्यसले पार्ने मानवीय असरका बारेमा मानिसहरूले आफ्ना धारणा व्यक्त गरिरहेका छन् । यसअघि राष्ट्रपति ट्रम्पको आदेशको अमेरिकाभित्र अधिकांशले विरोध गरेका थिए । अधिकारवादीहरूले पनि यसरी कुनै देशका नागरिकलाई नै अमेरिका छिर्न नपाउने गरी लगाइएको प्रतिबन्ध नागरिकको अधिकार विरुद्ध भएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.