पिसाब फेरेको निहुँमा वाम गठबन्धनमाथि फोरमको आक्रमण

पिसाब फेरेको निहुँमा वाम गठबन्धनमाथि फोरमको आक्रमण

बर्दिबास : महोत्तरीको गौशालामा गएराति राजपा फोरमका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्ताहरुमाथि आक्रमण गरेका छन्।आक्रमणमा परि वामगठबन्धनका कार्यकर्ता प्रमोद कुमार महतो गम्भीर घाइते भएको जिल्ल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुुवेर कडायतले जानकारी दिए ।

प्रमोदको उपचार जनकपुर अञ्चल अस्पतालमा हुदैंछ। प्रमोद गौशाला नगरपालिका मेयर शिवनाथ महतोका आफ्नै भतिजा हुन्।शिवनाथ महतो माओवादी केन्द्रबाट उमेदवारी दिएर गौशाला नगरपालिको मेयरमा चुनाव जितेका हुन् ।

गौशालाको जमुनियाँ गाउँबाटै संघीय समाजवादी फोरमको तर्फबाट महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उमेदवार लक्ष्मी महतोका कार्यकर्ता र वाम गठबन्धनका कार्यकर्ताबीच मतभेद बढेको थियो।गएराति १२ बजे गौशाला बजारमा दुवै पक्ष आमनेसाम्ने भएका थिए ।

गौशाला नगरपालिका मेयरका भतिजा प्रमोदले उम्मेदवार महतोको भतिजो सचिव महतोलाई देखाएर पिसाब फिरेको नियुँबाट भनाभन सुरु भएको थियो।त्यसपछि सुरु भएको भनाभनले दोहोरो झडपको रुप लिएको इलाका प्रहरी कार्यालय गौशालका इन्स्पेकटर भोला भट्टले बताए ।

‘म माथि लक्ष्मी महतोका भान्जा सुरेन्द्र महतोले छुरा प्रहार गर्न खोजेका थिए,'गौशाला नगरपालिका मेयर शिवनाथ महतोले भने,‘प्रहरी आएपछि' मलाई बचायो।प्रहरी आएपछि सुरेन्द्र हाम्रो कार्यकर्ताको भिडमा छुरा लुकाउन गएको थिए ।'

वाम गठबन्धनका कार्यकर्ताले आफुमाथि छुरा प्रहार गर्न खोजको उम्मेदवार महतोले दावी गरेका छन्।‘ मेयर जस्तो जिम्मेवार मान्छेले कसरी छुरा बोकेर कार्यकर्ताहरुसँग हिड्न मिल्दैन।फोरमका कार्यकर्ताहरुले हामीमाथि छुरा हाल्न खोजे हो,'मेयर महतोले संचारकर्मीलाई भने ।

घटनाको बाम गठबन्धनले घोर भत्र्सना गरेको छ।बाम गठबन्धने गौशालामा अहिले पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी गराउने भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.