सिरहामा नक्कली बम आतंक, सुरक्षा व्यवस्था कडा

सिरहामा नक्कली बम आतंक, सुरक्षा व्यवस्था कडा

सिरहा : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको एक दिन मात्र बाँकी रहँदा सिरहामा नक्कली बम आतंक सुरु भएको छ। लहान नगरपालिका ९ स्थित बिन्देश्वर साहको घर अगाडिको सडकमा बुधबार बिहान फेला परेको भनिएको बम नक्कली रहेको नेपाली सेनाले पुष्टि गरेको हो।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार सकेट बम जस्तै देखिने बस्तु सडकमा भेटिएपछि स्थानीय त्रसित भएर स्थानीयले प्रहरीलाई खबर गरेका गरेका थिए। तर सेना आएर डिस्पोज गर्न खोज्दा नक्कली रहेको पुष्टि भयो। उनले निर्वाचन विरोधीहरुले मतदाता र उम्मेदवारलाई तर्साउन नक्कली बम राखेको हुनसक्ने बताए।

कुनै किसिमको अपराधिक क्रियाकलाप हुन नदिन सिरहामा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाली सेना समेत सडकमा गस्ती गर्न थालेका छन्। राजमार्ग र सिमावर्ती क्षेत्रको ठाउँ ठाउँमा नेपाल, सशस्त्र र म्यादी प्रहरीको संयुक्त टोलीले चेकजाँच गरिरहेको छ। नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र म्यादी प्रहरी गरी करिब ८ हजार सुरक्षाकर्मी परिचालन छ।

जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार जिल्लामा २२१ मतदान स्थल र ३३६ मतदान केन्द्र कायम गरिएको छ। २२१ मतदान स्थलमध्ये सुरक्षा दृष्टिकोणले १०९ अति संवेदनशील, ८४ संवेदनशील र २८ सामान्य रहेको निर्वाचन अधिकारी इन्दिरा यादबले बताइन्। उनका अनुसार ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा क्षेत्र रहेको सिरहामा कुल ३ लाख ४४ हजार ३७० मतदाता रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.