भोट के मा ?
कोही भन्छ रुखमा हाल
कोही भन्छ सूर्यमा हाल
कोही भन्छ तराजुमा हाल ।
तर , म भन्छु
रोगी बिरामीलाई नहाल
भ्याट छल्ने व्यापारी
र
फिरौती लिने ‘डन’ लाई नहाल
जेल बसेकै भरमा
र
भ्रष्टाचारको अभियोगमा
चारखाल बसिसकेकालाई नहाल ।
राजनीति गरेरै महल ठड्याउनेलाई नहाल
सत्ता स्वार्थका लागि
बेठिक भएकालाई पनि ठीक भन्नेलाई नहाल
‘गठ’ बन्धन र ‘‘ठग’ बन्धन छुट्याऊ
भोलि पछुताउनु भन्दा बेलैमा विवेक पुर्याऊ
‘गुहु’ र ‘गोबर’ छुट्याएर मात्र हाल ।
तिम्रो भोट, अमूल्य भोट
नेताको लागि होइन, आफ्नो सन्ततीको लागि हाल ।