भारतीय सवारी सञ्चालनमा रोक

भारतीय सवारी सञ्चालनमा रोक

गौर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रौतहट जिल्लाको शान्तिसुरक्षा कडा पारिएको छ। आमनागरिक, मतदाता तथा उम्मेदवारका साथै मतदानस्थलमा खटिएका कर्मचारीको सुरक्षाका लगि सबै उपाय अपनाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सोमबारदेखि नै विभिन्न स्थानमा सुरक्षाकर्मीले चेकजाँच राखेर भारतीय सवारी साधनलाई रोकेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जनाकारी दिए।

भारतीय नम्बर प्लेटको गाडी २१ गते हुने मतदान अवधि भर भन्सार काटेर पनि चलाउन रोकिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनालाई ४ निर्वाचन क्षेत्रका सबै मतदान स्थलमा खटाइएको छ। निर्वाचन सुरक्षाका लागि धेरै सख्यामा सादा पोसाकमा पनि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रमुख पोखरेलको भनाइ छ।

चार प्रतिनिधिसभा र आठ प्रदेशसभा रहेको रौतहटमा चार सय ४९ मतदानस्थल रहेका छन्। सोमबारदेखि नै नेपाल भारत सीमा क्षेत्रका गौर, बंकुलगायत सबै नाका बन्द गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.