यस्तो छ मतगणनाको तयारी (फोटोफिचर)

यस्तो छ मतगणनाको तयारी (फोटोफिचर)

धादिङ : धादिङमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको मतगणनाको तयारी पूरा भएको छ । ४५ जिल्लामा दोस्रो चरणको मतदानको तयारी भइराखेका बेला ३२ जिल्लामा भने मतगणना गर्ने तयारी भएको छ । दोस्रो चरणको निर्वाचन हुने ४५ को मतदान अवधि सकिए लत्तगै धादिङमा मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाले जानकारी दिए ।

दुई निर्वाचन क्षेत्र रहेको धादिङमा छुट्टाछुट्टै स्थानबाट एकसाथ मतगणना गर्ने तयारी भएको छ । स्थानीय तहको मतगणनाका क्रममा चितवनमा मतपत्र च्यातिएपछि त्यसैको प्रभावस्वरुप मतगणनास्थलमा फलामेतारजाली पनि लगाइएको छ । तारजाली बाहिर राजनीतिक दलका प्रतिनिधि, पत्रकार र पर्यवेक्षकका लागि बस्ने व्यवस्था मिलाइएको छ भने भित्र मतगणकमात्र बस्न पाउने छन्।

निर्वाचन आयोगले पठाएको निर्देशिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना एकसाथ गर्ने गरी व्यवस्था मिलाइएको जिल्ला निर्वाचन अधिकारी ईश्वर सिंखडाले जानकारी दिए । मतगणनाको सम्पूर्ण तयारी पूरा भएको र मतगणनास्थलमा तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन हुने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

निर्वाचन क्षेत्र १ को मतगणना जिल्ला भूसंरक्षण कार्यलय र क्षेत्र २ को मतगणना जिल्ला समन्वय समितिको सभाहलमा हुँदै छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि धादिङमा १७ उम्मेदवार चुनावी मैदानमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.