नेपाल यूएईसँग सात विकेटले पराजित

नेपाल यूएईसँग सात विकेटले पराजित

काठमाडौं : आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सातौं चरणको खेलमा नेपाली टोली बुधबार यूएईसँग सात विकेटले पराजित भएको छ।

यूएईको सेख जायेद रंगशालामा भएको खेलमा नेपाली बलर यूएईका ब्याट्सम्यानसामु निरीह देखिए। टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय २१ रन जोडेको थियो।

नेपालको पालिमा शरद भेषावकरले सर्वाधिक ८१ रन बनाए। शरदले ९५ बलमा पाँच चौका प्रहार गरे। ज्ञानेन्द्र मल्लले पनि ५४ रन बनाए। यसैगरी कप्तान पारस खड्काले २०, सोमपाल कामीले २०, दिलीप नाथले १६, वसन्त रेग्मीले १४ र विनोद भण्डारीले चार रन थपे। आरिफ सेख भने शून्य रनमै पेभेलियन फर्किए। यूएईले प्राप्त लक्ष्य ४५.५ ओभरमा केवल तीन विकेट गुमाएर पूरा गर्‍यो।

यूएईका विकेटकिपर घुलाम सब्बरले अविजित रहँदै सर्वाधिक ८१ जोडे। यसैगरी कप्तान तथा ओपनर रोहन मुस्ताफाले ६२, रमिज सेहजादले ३७ र मुहमद उसमानले अविजित १७ रन बनाए। पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेको यूएईले दोस्रो विकेटका लागि ८१ र तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेको थियो। नेपालका सन्दीप लामिछाने र शरद भेषावकरले एक÷एक विकेट हात पारे।

यसअघि सुरुमा सुस्त ब्याटिङ गरेको नेपाली टोली अन्तिम समयमा केही आक्रामक बनेको थियो। नेपालले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो। ज्ञानेन्द्रले ८३ बलमा ६ चौका प्रहार गरे। एक सय २२ रन जोड्दा दुई विकेट गुमाएको नेपाली टोलीले एक सय ३४ रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो। नेपालले छैटौं विकेटका लागि ४७ रनको साझेदारी गर्‍यो।

नेपालले २९औं ओभरमा मात्र एक सय रन पूरा गरेको थियो। नेपालले सुरुको १० ओभरमा केवल २९ रन जोडेको थियो। नेपाल र यूएईबीचको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ। प्रतियोगितामा १३ खेलपछि नौ अंक जोडेको नेपाल छैटौं स्थानमा यथावत् छ।

यूएई भने १३ खेलबाट आठ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ। दुवै टोली यसअघि नै डिभिजन दुईमा झर्ने निश्चित भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.