दाङमा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप

दाङमा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप

दाङ : मौन अवधीमा बुधबार साँझ वाम कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच दाङमा झडप भएको छ। तुलसीपुर उपमहानगरपालिका १ भमके मिलन चौकका झडप हुँदा दुई गम्भीर घाइते भएका छन्।

वाम गठबन्धनका कार्यकर्ता र कांग्रेस कार्यकर्ताले मतदातालाई पैसा बाँडेको आरोप प्रत्यारोप गर्दै झडपमा उत्रिएको स्थानीयले बताएका छन्।

तीन गाडी सहित गाउँमा प्रवेश गर्न थालेका वाम गठबन्धनका कार्यकर्तालाई मोटरसाइकलमा रहेका कांग्रेस कार्यकर्ताले रोख्न खोज्दा झडप भएको कांग्रेसका एक नेताले बताए। मौन अवधिमा तीन गाडी गाउँतिर जान खोज्दा पैसा बाँडन जान लागेको शंकामा कांग्रेस कार्गकर्ताले गाडी रोक्ने प्रयास गरेको र वामका कार्यकर्ता जाइलागेको कांग्रेसले बताएको छ।

झडपमा केही मोटर साइकलमा पनि तोडफोड गरिएको छ। भडपको अवस्थालाई प्रहरीले साम्य पारे पनि विस्तृत विवरण भने आउन सकेको छैन। घाइतेको तुलसीपुर सिटी अस्पतालमा उपचार भइरहेको छ। उता प्रहरीले भने घटना केही नभएको र सामान्य भएको भन्दै घटना लुकाउने प्रयास गरेको छ। प्रहरी प्रमुख दुर्गा सिंहले झडपमा कुनै पनि घाइते नभएको बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.