इटहरीमा कांग्रेस-एमाले झडप, चार घाइते

इटहरीमा कांग्रेस-एमाले झडप, चार घाइते

इटहरी : बुधबार राति सुनसरीको इटहरीस्थित खनारमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा चार जना घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

घाइते हुनेमा काँग्रेस र एमाले दुवैतर्फका छन्। मौन अवधिमा पनि मतदाता प्रभावित पार्न हिँडेका दुवै पक्षका कार्यकर्ताबीच झडप भएको हो। मौन अवधिमा पनि सुनसरीमा रातिराति उम्मेदवार र पार्टीका नेता कार्यकर्ता चुनावी प्रचारप्रसारमा हिड्ने गरेका थिए। सो क्रममा मोरंगको सुन्दर हरैंचामापनि केही दिनअघि झडप भएको थियो। प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर छाडेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.