४५ जिल्लामा उत्साहपूर्वक मतदान हुँदै

४५ जिल्लामा उत्साहपूर्वक मतदान हुँदै

काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लामा बिहान सातबजेदेखि मतदान सुरु भएको छ । राजधानी काठमाडौं सहित देशका पहाडी तथा तराईका ४५ जिल्लामा मतदान हुन लागेको हो। प्रतिनिधिसभा सदस्य तर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान कार्य हुँदैछ। ती निर्वाचन क्षेत्रका लागि १५ हजार ३४४ मतदान मार्फत् विहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ। तर केही स्थानमा भने अझै मतदान सुरु हुन नसकेको बताइएको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा तर्फ १३० महिला सहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिला सहित दुई हजार ८१९ जना उम्मेदवार गरी जम्मा चार हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। पहिलो चरणको निर्वाचनमा दुवै तर्फ गरी ७०२ उम्मेदवार मैदानमा थिए। निर्वाचनमा महिला उम्मेदवारहरु निकै कम मात्रै छन्। दोस्रो चरणको निर्वाचनमा बहाल वाला प्रधानमन्त्रीका साथै पूर्व प्रधानमन्त्री र हेवी वेटहरु मैदानमा भएकाले पनि सबैको चासोको विषय बन्न पुगेको छ।

दोस्रो चरण अन्तर्गत इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व तनँहु, कास्की, स्याङजा, पर्वत, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख,
कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा मतदान हुन लागेको हो।बिहीबार विहानैदेखि सुरु हुने मतदानको लागि सुरक्षा व्यवस्था सहित सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेनाको तीन वटा छुटा छुटै सुरक्षा घेराले मतदान स्थलमा मतदाता र उम्मेदवारको सुरक्षा प्रदान गर्ने छन्।Image may contain: 1 person, smiling, outdoor

निर्वाचनको तयारीका सम्वन्धमा आयोगले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा। अयोधी प्रसाद यादवले एकाध घटनाबाट नडराई संविधानको कार्यान्वयन र सङ्क्रमण कालको अन्त्य गर्न निर्भीकतापूर्वक मतदान गर्न मतदाताहरूलाई अपिल गरे। ‘सरकारले भरपर्दो सुरक्षाको व्यवस्था मिलाएकोले ढुक्क भएर मतदान स्थलमा पुगेर मताधिकार प्रयोग गर्न आग्रह गर्दछु।'

चेँजकाज गरेर मात्र मतदान

विहीबार हुने मतदानमा १५२ जना तेस्रो लिंगी सहित १ करोड २२ लाख ३५ हजार ९९३ जना मतदाताले मताधिकार प्रयोग गर्दै छन्। जसमा पुरुष मतदाता धेरै छन्। ६१ लाख ७१ हजार २ सय पुरुष मतदाता रहेका छन् भने महिला ६० लाख ६४ हजार ६४१ छन्। यस निर्वाचनमा सबै भन्दा धेरै मतदाता मोरङमा छन भने सबै भन्दा कम तेह्रथुममा रहेका छन्। मोरङमा ६ लाख ४४ हजार ७८२ मतदाता रहेका छन् भने तेह्रथुममा ६६ हजार ६६७ मतदाता छन्।

निर्वाचनमा प्रतिनिधिसभा तर्फ ५२ र प्रदेशतर्फ ४८ दल सहभागि छन् भने समानुपातिक तर्फ ५३ दलको प्रनिनिधित्व छ। संघीयता कार्यान्वयनका लागि मुलुकमा मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भइसकेको छ।

Image may contain: 1 person, standing


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.