शंकर पोखरेलले जनता विद्यापिठमा गरे मतदान
विजौरी : नेकपा एमालेका नेता तथा पाँच नम्बर प्रदेशका मुख्य मन्त्रीका रुपमा प्रस्तावित उम्मेदवार शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ अन्र्तगत जनता विद्यापिठ मतदान केन्द्रमा पहिलो मतदान गरेका छन्।
मतदान पछि संक्षिप्त प्रतिकृया दिँदै पोखरेलले संविधान कार्यान्वयनको खुट्किलोमा रहेकाले यो निर्वाचनले शान्ति र स्थीरता दिने उल्लेख गरे । साथै राजनीतिक दलहरुका बीचमा गठबन्धन बनेर स्थायी सरकार दिने पनि बताए । उनी पाँच नम्बर प्रदेशको मुख्य मन्त्रीको रुपमा दाङ क्षेत्र नम्बर २ क बाट उम्मेदवार पनि हुन् ।
पाँच नम्बर प्रदेशको राजधानीको विषयमा पोखरेलले दाङ सबै हिसाबले राजधानी हुन उपयुक्त स्थान रहेको बताए ।